सशस्त्र संर्घष थाल्दै विप्लव माओवादी

[caption id="attachment_2407" align="aligncenter" width="750"]
दिपक चलाउने । फोटो: गगन थापा । नेपाल आज[/caption]
दिपक चलाउने माओवादी जनयुद्धमा डिभिजन सहायक कमाण्डरसम्म भए । विप्लव नेतृत्वको माओवादीमा रहेका उनी सबैभन्दा बरिष्ठ लडाकु कमाण्डर हुन् । विप्लव माओवादीले सशस्त्र संर्घष गरेमा चलाउनेले युद्धको फिल्ड कमाण्ड सम्हाल्ने निश्चितप्राय छ । माओवादीले फेरिपनि युद्ध गर्ने नीति लिएसंगै चलाउने पश्चिम नेपालमा संगठन विस्तार गर्न व्यस्त छन् । पार्टी कामको शिलशिलामा काठमाडौंमा आएका बखत चलाउनेसंग गरिएको कुराकानी यहां प्रस्तुत छ । उनीसंगको अन्र्तवार्तामा धेरै पक्ष समेटिएका छन् । सशस्त्र संर्घष र पूर्वराजा ज्ञानेन्द्र शाहसंगको सहकार्यका बारेमा हामीले संक्षिप्त समाचार प्रस्तुत गरेका छौं । यही समाचारका साथमा चलाउनेसंगको पूरा अन्र्तवार्ता भिडियोसहित राखिएको छ । सो हेर्न नछुटाउनुहोला । सम्पादक
नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले छिट्टै सशस्त्र संर्घष थाल्ने भएको छ । सो पार्टीका नेता दिपक चलाउनेले सशस्त्र संर्घष अनिवार्य देखिएकाले सोका लागि आफुहरुले तयारी गरिरहेको प्रष्ट गरेका हुन् । उनले सशस्त्र संर्घष कहिले र किन भन्ने सवाल राज्यको रवैयामा भर पर्ने जनाए । आफुहरुले राखेका माग राज्यले पूरा गरे सशस्त्र संर्घष गर्नै नपर्ने उनको भनाइ छ । माग पूरा हुने स्थिति नदेखिएकाले युद्धको तयारी भइरहेको उनले खुलाशा गरे ।
सहकार्य पूर्वराजासंगपनि
नेता चलाउनेले अबको संर्घष एकीकृत क्रान्ति हुने जनाए । गाऊशहर सबैतिर एकैपटक संर्घष थालिने उनको भनाइ छ । जनजिविका, बर्गीयता, आन्तरिक उत्पीडन र राष्ट्रियतासंग सम्बन्धित माग पूरा गर्न सबै देशभक्त राष्ट्रवादीसंग माओवादीले सहकार्य गर्ने चलाउनेले स्पष्ट पारे ।
चलाउनेले भने,‘हिजो प्रचण्डले युद्धकालमै राजा विरेन्द्रसंग सहकार्य गरेका थिए, आज हामीले राष्ट्रियताका सवालमा ज्ञानेन्द्रसंग सहकार्य गर्दा के बिग्रन्छ ?’
पूर्वराजाले राष्ट्रियताका सवालमा सम्झौता नगरेकैले राजतन्त्रलाई एकीकृत माओवादी, कांग्रेस एमालेले अरुको इशारामा धोका दिएको उनको भनाइ छ । शान्ति सम्झौतामा निरकुंश राजतन्त्रको अन्त्य गर्ने भनिएपनि राजतन्त्र नै अन्त्य गर्ने कुरा नरहेको उनले स्पष्ट गरे । चलाउनेले थपे, ‘हिजो माओवादी, कांग्रेस र एमाले मिलेर राजतन्त्रलाई धोका दिए, आज प्रचण्ड, बाबुराम, कांग्रेस, एमाले मिलेर माओवादीलाई धोका दिंदैछन् ।’ राजनीतिकरुपमा राजतन्त्र फर्कन सम्भव नरहेको र आफुहरु राजतन्त्रको पुनरागमनको पक्षमा नरहेको उनले स्पष्ट गरे ।
पूरा अन्र्तवार्ता हेर्न यो लिंकमा क्लिक गर्नुहोस् ।
[embed][/embed]
[embed][/embed]
Biplav Maobadi
sasatra sangarsha
