म्यान्चेस्टर युनाईटेडका नयाँ प्रशिक्षक
जेठ १४ । इङ्लिस फुटबल क्लब म्यान्चेस्टर युनाईटेडले प्रशिक्षक जोजे माउरिन्होलाई क्लवमा भित्र्याउन आवश्यक सहमति जुटेको छ ।
म्यान्चेस्टर युनाईटेडका उच्च अधिकारीहरुले माउरिन्होका एजेन्टसँग पछिल्लो तीन दिन लगातार छलफल गरेपछि सहमतिमा पुगेको दाबी गरिएको छ । यद्यपी माउरिन्हो र म्यान्चेस्टर युनाइटेडबीच औपचारिक सहमति हुन भने बाँकी छ । सम्झौतापत्रमा हस्ताक्षर भएपछि शनिबार सम्ममा मौरिन्होलाई प्रशिक्षकको रुपमा औपचारिक घोषणा गर्ने तयारी क्लवको छ ।
चेल्सीका पूर्वप्रशिक्षक माउरिन्होलाई जिम्मेवारी दिने विषयमा दुई हप्ता अघि नै सैद्धान्तिक सहमति जुटे पनि सम्झौताको खाका तयार हुन सकेको थिएन । ५३ वर्षीय पोर्चुगिज प्रशिक्षक माउरिन्होलाई गत सिजनको बीचमै चेल्सीले बर्खास्त गरेपछि उनी हाल कुनै पनि क्लवसँग आबद्ध छैनन् । चेल्सी, ईन्टर मिलान, रियाल मड्रिड, एफसी पोर्टो लगायतका क्लवलाई घरेलु तथा युरोपियन उपाधि जिताईसकेका माउरिन्होको आगमनले म्यान्चेस्टर युनाईटेड फेरि युरोपको फुटबल पावर हाउस बन्ने धेरैको अनुमान छ ।
manchester ka naya coach