३० किलोमिटर यात्रा गर्न १३ घण्टा लाग्ने हाम्रो राजमार्ग
सागर बुढाथोकी
जेठ, १४, नारायणगढ मुग्लिन सडक खण्डमा यात्रा गर्दा लामो र कष्टकर जाम दिनहु भईरहन्छ । यात्राका बेला पानी पर्यो भने अप्ठेरो झनै बढ्न सक्छ । सडक विस्तारका लागि पहाड खनेको ठाउँमा सुक्खा पहिरो पनि जान्छ । पानी प¥यो भने पहिरोको जोखिम झन धेरै हुन्छ । त्यसै त जाम हुने सडक झन दिनकै चार घण्टा बाटो बन्द भएपछी यात्रु मारमा पर्ने नै भए । उक्त सडक खण्डको ३० किलोटिर यात्रा गर्न १३ घण्टाको पट्यार लाग्दो समय ब्यतित गर्न बाध्य हुन्छन यात्रुहरु ।
किन हुन्छ यती धेरै जाम
“सधै मर्मत भईरहेछ, पहरा फोड्नु पर्छ । नारायणघाट–मुग्लिन सडक निर्माण आयोजनाले सुचना दिएर दैनिक चार घण्टा बन्द गर्छ ” चितवन जिल्ला अधिकारी बिनोद प्रकाश सिहं ले भने । उनी थप्छन “ राजमार्गमा यातायातको चाप छ तर बैकल्पिक बाटो नहुदा यात्रु मारमा छन ।”
किन हुन सकेन यातायात ब्याबस्थापन
एउटा काट्यो अर्को पहिरो आउँछ । गाडी रोकिँदा दिक्दार त लाग्छ नै । रोकिएकै ठाउँमा पनि पहिरो आउने हो कि भन्ने अर्को त्रास हुन्छ । जलबिरेदेखि मुग्लिनसम्म साह्रै गाह्रो छ । रोकिएकै ठाउँमा पनि पहिरो आउने हो कि भन्ने अर्को त्रास छ चितवन जिल्ला अधिकारी सिहंले भने ।
नारायणगढदेखि १७ किलोमिटर परको गाईघाट, २२ किलोमिटर परको घुमाउने, २७ किलोमिटर परको जलबिरे र ३३ किलोमिटर परको कालिखोलासम्मको सडक खण्ड पहिरोको उच्च जोखिममा रहेको आयोजनाले जानकारी गराएको छ । सो क्षेत्रमा कुनै पनि खालको मानवीय र अन्य भौतिक क्षति नहोस् भन्ने चाहनाले सबैलाई सजग भएर यात्रा गर्न अपिल गरिएको चितवन जिल्ला अधिकारी सिंहले बताए ।
सडक कसले बनाउदै छ
नेपाल–भारत क्षेत्रीय व्यापार तथा यातायात आयोजना अन्तर्गत नारायणगढ–मुग्लिन सडक आयोजनाले साँघुरो सडकलाई चौडा गरेर स्तरोन्नति गर्न लागेको हो । उक्त सडकको करिब ३६ किमीको विभिन्न स्थानमा अहिले सडक फराकिलो बनाउने काम चलिरहेको छ ।
विश्व बैंकको दुई अर्ब ९० करोड रुपैयाँको आर्थिक सहयोगमा सडक निर्माण थालिएको हो । चीन हुँदै नेपालको कोदारी, काठमाडौँ, नागढुङ्गा नौबिसे, मुग्लिन नारायणगढ, हेटौँडा र वीरगन्जबाट भारतको मुजफ्फरपुर हुँदै जाने यो सडक एसियन हाइवेको एक खण्ड हो ।
यो सडक खण्डको तीन ठाउँमा तीन वटा ठेकेदारले ठेक्का पाएका छन् । आँपटारीदेखि दासढुङ्गासम्म भारतीय बिएलए तथा नेपाली श्रेष्ठ निर्माण कम्पनी, त्यसपछिको सिमलतालसम्म भारतीय उड हिल तथा नेपाली लामा निर्माण कम्पनी र सिमलतालदेखि मुग्लिनसम्म भारतको सुप्रिम र नेपाली रौताहा निर्माण कम्पनीलाई ठेक्का पाएका छन् । कालिखोलादेखि मुग्लिनसम्म र सेतीदोभान र घुमाउनेमा पहाड फोरेर बाटो चौडा गर्नुपर्ने हुन्छ । सो क्षेत्रमा हाल पाँच मिटर चौडा पिच बाटो रहेको छ ।
दोष कस्को
२०१७ अप्रिलभित्र काम सक्ने गरेर सो सडकलाई एसियाली मापदण्ड अनुरुप दुई लेन बनाउने काम सुरु भएको हो । तर लक्ष्यअनुरुप काम हुन सकेको छैन । आउँदो बर्षभित्र सक्ने भनिए पनि अहिलेसम्म लक्ष्यको आधा काम मात्रै भएको छ । यो वर्ष ४० प्रतिशत काम सक्ने भनिए पनि अहिलेसम्म २० प्रतिशत हाराहारी मात्र काम भएको छ ।