Technology

मानवीय स्वभावको सबैभन्दा यथार्थ परक रोबट जिया जिया

मानवीय स्वभावको सबैभन्दा यथार्थ परक रोबट जिया जिया
चीनका वैज्ञानिकले वास्तविक मानव जस्तौ देखिने रोबट निर्माण गरेका छन । चीनको साइन्स एन्ड टेक्नोलोलिजी अफ चाइना विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुको समूहले तीन वर्ष लगाएर उक्त मानविय स्वभाव भएको सबैभन्दा यथार्थ परक रोबटको निर्माण गरेका हुन । [caption id="attachment_2706" align="alignnone" width="616"]Jia Jia 1 Agency[/caption] यो रोबटको नाम जिया जिया राखिएको छ । जिया जियालाई एउटा सुन्दर महिलाको आकार दिइएको छ । यसमा मानव र मेसिनबीचको पहिचान छुट्याउन सक्ने प्रोग्राम गरिएको छ । जिया जिया कुरा गर्न सक्छ । सुक्ष्म भाव देखाउन सक्छ । बोलि अनुसार ओठ, शरीर हल्लाएर हाउभाउ देखाउन पनि सक्छ । [caption id="attachment_2707" align="alignnone" width="634"]jia jia Agency[/caption] यो रोबट निर्माण गर्न चेन छियोपिङ र उनका साथीलाई तीन वर्ष लागेको थियो । ‘जिया जिया रोबट लामो समयको खोज र अनुसन्धानको परिणम हो ।’ चेनले भने । यसले मानिसको गहिराइसम्म पुगेर कुरा गर्नसक्ने बताइएको छ । यो रोबटको प्रदर्शनीको क्रममा छियोपिङले रोबट देवीलाई ‘हेलो’ सम्बोधन गरे । तुरुन्तै रोबटले ‘हजुर ! मेरो मालिक म तपाईको लागि के गर्न सक्छु ?’ भन्ने उत्तर फकायो । [caption id="attachment_2708" align="alignnone" width="454"]jia jiy 1 Agency[/caption] यो इन्टरैक्टिव रोबट देखेर सबै झुकिन सकछन् । केही रुपमा यो रोबट महिला असली मानिस जस्तै लाग्दछ । र यसले सबै कुरा स्वतह थाहा पाउने पनि बताइएको छ । अन्त्यमा ‘नमस्कार म जिया जिया हुँ । स्वागत छ’ रोबटले दर्शकलाई भन्यो । त्यसपछि विश्वविद्यालयका दर्शकले रोबट निमार्ण टिमलाई बधाई दिएका थिए । एजेन्सी

विशेष