इतिहासमा आज

गणतन्त्र दिवस

गणतन्त्र दिवस
जेठ-१५- आज गणतन्त्र दिवस । पहिलो संविधानसभाको पहिलो बैठकले २०६५ साल जेठ १५ गते गणतन्त्र घोषणा गरेको थियो । सो घोषणाले नेपालमा राजतन्त्रको विधिवत अन्त्य गरेको थियो । संविधानसभाको सो घोषणाको केही दिनपछि तत्कालिन राजा ज्ञानेन्द्रले दरबार छाडेका थिए । पछिल्लो समय उनले दरबार छाडेको भएपनि घरबार नछाडेको भनि राजनीतिक सक्रियता बढाएका छन् । गणतन्त्र दिवसको अवसरमा सैनिकमञ्च टुंडिखेलमा विशेष कार्यक्रम गरिन्छ ।  

विशेष