गणतन्त्रको लागि गर्जने थापा र संग्रौलाको अनुभव
जनआन्दोलन २०६२–६३ को जगमा नेपाललाई गणतन्त्र घोषणा गरेको यो ऐतिहाँसिक दिनको स्मरण गर्दै हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाइन्छ । माओबादीको १० बर्षे सशस्त्र जनयुद्ध र १९ दिने जनआन्दोलनको बलमा स्थापित जहानियाँ राजतन्त्रको अन्त्य भएर मुलुक गणतन्त्रमय बनेको थियो । २०६५ साल जेठ १५ गते ऐतिहाँसिक संविधानसभाको पहिलो बैठकले एक शताब्दी लामो राजतन्त्रको अन्त्य गरी नेपाललाई संघीय गणतान्त्रिक मुलुक घोषणा गरेको थियो ।
प्रगतिशील लेखक तथा साहित्यकार खग्रेन्द्र संग्रौला
म आफै सडकमा थिएँ । त्यो मेरो जीवन भरीको एउटा नौलो र उमंगको क्षण थियो । कति साथी रक्ताम्य भए । हार खाइएन । एउटै लक्ष्य बिचार उद्देश्य भएका मानिसहरुको जम्काभेट भएको थियो । त्यस आन्दोलनले राजतन्त्रको अन्त्य ग¥यो । राजतन्त्र लिंग वर्ग जातमा आधारित थियो । त्यसलाई फ्यालियो । त्यो रिक्त रहेको ठाउँमा अरु टोपि लगाउने आए अहिले फेरि नयाँ ढंगबाट आन्दोलन सुरु भएको छ ।
शम्भु थापा तत्कालिन नेपाल बार एसोसियसनको अध्यक्ष
आन्दोलनमा आफ्नै प्रकारको लगाव थियो । तनमन लगाएर सबै साथीहरु खतरा युक्त बाटो हिँडिरहेका थिए । स्वयम परिवर्तन हुने एउटा ठूलो आशा थियो । कानून, न्याय, सामाजिक, सांस्कृतिक, आर्थिक अधिकार पाउने आशा थियो । नेताहरु जनताका लागि काम गर्छन् भन्ने अपक्षा थियो । अहिले घरको न घाटको भएको छ । त्यो समयको लडाईंलाई नेताले विर्सिए । जनतालाई मुख र दास बनाईयो । न्यायलयदेखि अस्पतालसम्म दलालको विगविगी वढ्यो । आठ महिना भइसक्यो देशमा प्रधानन्याधिस नभएको । संसदिय सुनुवाई समितिमा १५ हो कि ५५ जना भन्ने छुटिएन । निमुखा बोल्न नसक्ने सत्तासिनले जे गरे पनि हुने । संबिधान बनेर छुटि दिएर दिपावली गरेको के काम लाग्यो रु
गगन थापा तत्कालिन विद्यार्थी नेता
एउटा फरक अवस्था थियो । मैले विशेष गरी बैशाख ८ गतेलाई सम्झिन्छु । यसदिनमा सबैले आन्दोलन फिर्ता लिनु पर्दछ भन्ने ठानेका थिए पछि सबैको सहमतीमा आन्दोलन फिर्ता नलिने घोषण भयो । ११ गते राति म र धेरै साथीहरु महाराजगंजमा आन्दोलनको अझ ससक्त कसरी बनाउने भनेर छलफल गरिरहेका थियो । राजाले यसरी घोषण गर्दछन भन्ने कसैलाई पनि विश्वास थिएन । राजाले घोषण गरे । राजाको घोषणपछि झन चुनौतिका दिनहरु सुरु भए । त्यसपछिका १० वर्षमा धेरै परिवर्तन भयो । तर आम नागरिकले कुनै पनि उपलब्धी हाँसिल गर्न सकेनन् । उनीहरुको जीवनमा उमंग आउन सकेन ।