
१६ जेठ, काठमाडौं । रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनल भिडन्तमा घरेलु चिरप्रतिद्वन्द्वी एथ्लेटिकोलाई पेनाल्टी सुट आउटम ५–३ गोल अन्तरले पराजित गर्दै रियल च्याम्पियन बनेको हो ।
निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट लिइएको थियो । जसमा रियलले बाजी मार्यो । रियलका लागि लागि क्रिष्टियानो रोनाल्डोले विजयी पेनाल्टी गोल गरे । यसअघि निर्धारित समयको खेलमा रियल मड्रिडले १५ औं मिनेटमा सर्जिओ रामोसको गोलबाट अग्रता लिएको थियो । खेलको ४८ औं मिनेटमा एथ्लेटिकोले पेनाल्टी पायो । तर, एन्टोनिओ ग्रिजम्यान चुके । उनको लेफ्ट फुट सट बारमा लागेको थियो । खेलको ७९ औं मिनेटमा एथ्लेटिकोले बराबरी गोल फर्कायो ।
Champions League