खेल

कस्ले जित्ला त आइपिएल ?

कस्ले जित्ला त आइपिएल ?
  IPl जेठ १६ । इन्डियन प्रिमियर लिग आइपिएलमा आज उपाधिका लागि सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बेंग्लोरबीच प्रतिस्पर्धा हुने भएको छ । शुक्रबार राति भएको दोस्रो क्वालिफायर खेलमा कप्तान डेभिड वार्नरले उत्कृष्ट ब्याटिङ गरेपछि हैदारबादले गुजरात लायन्सलाई ४ विकेटले पराजित गर्दै फाइनलमा बेंग्लोरसँगको भेट पक्का गरेको थियो आजको खेल निकै रोमाञ्चक हुने भएको छ । वैङ्लोरका कप्तान विराट कोहली अहिले आइपिएलमा १ हजार रन बनाउनका लागि ७९ रनलेमात्र पछाडी रहेका छन् भने उसको टिममा एबी डेभिलयर्स, क्रिसगेल जस्ता क्रिकेटका दिग्गज रहेका छन् । त्यस्तै सनराइजर्समा सर्वाधिक विकेट लिने भुवनेश्वर कुमार उदाउदा खेलाडी मुत्तफिजुर रहमानको खेल आज राती नेपाली समय अनुसार सवा आठबजे चेन्यास्वामी स्टेडियम बैङ्लोरमा हुनेछ ।

IPl t-20

विशेष