Technology

मोबाइल पानीमा भिज्यो अब के गर्ने ?

मोबाइल पानीमा भिज्यो अब के गर्ने ?
वर्षातको समय छ, कतिबेला पानी पर्छ थाहा हुदैन । हिड्दा हिड्दै भिजिन सकिन्छ । आफ्नो सम्पुर्ण सामान भिज्न सक्छ । मोबाइल फोन पनि भिजेर बिग्रन सक्छ । पानीमा फोन भिज्दा कसरी फोन बचाउने तपाईलाई थाहा नहुन सक्छ । भिजेको फोन बचाउन यसरी बचाउन सकिन्छ । Phone in water शुरुमै फोन अफ गर्ने फोन पानीमा भिज्यो वा फोनमा पानी पस्यो भने सट सर्किटको खतरा हुन्छ । त्यसकारण फोन तत्काल अफ गर्नु पर्दछ । फोन अफ गरेपछि फोनमा रहेको सिम ब्याट्रि वा मेमरी कार्ड लगायतका एक्सेसरिज बाहिर भिक्ने । यसो गर्दा सट सर्किट हुने र उपकरणहरु विग्रने सम्भावना कम हुन्छ । नोकिया लुमिया वा आइफोनमा जस्तै हटाउन नसकिने ब्याट्रि छ भने सिधा पावर बटन थिचेर अफ गर्न । घाम वा तातो ठाउँमा तताउने फोनका एक्ससरिज झिकिसकेपछि फोनलाई घाम वा कुनै तातो स्थानमा सुकाउनु बुद्धिमानी हुन्छ । यसका लागि पेपर न्याप्किन सबैभन्दा उपयुक्त चिज हो । न्याप्किन नभए पातलो सुख्खा कपडामाथि राखेर पनि फोन सुकाउन सकिन्छ । भित्री भाग सुख्खा नभएसम्म नचाउने मोबाइलको भित्री भाग सुख्खा नभएसम्म फोनमा पुनः एक्सेसरिज राख्ने र अन गर्नु हुँदैन । यसरी सुकाउँदा चामलमा राखेर सुकायो भने छिटो सुक्छ । किनभने चामलले चिसोपन छिटो सोक्ने क्षमता हुन्छ । चामल भित्र फोनलाई सिधै राख्नुको साटो सिलिका जेल प्याकको प्रयोग गर्न सकिन्छ । यसमा पनि चामलमाभन्दा बढी चिसो सोस्ने क्षमता हुन्छ । ह्यर ड्रायरले नसुकाउने भिजेको फोन कहिल्यै पनि ह्यर ड्रायरमा सुकाउनु हुँदैन । ह्यर ड्रायरले तातो हावा फ्याक्छ त्यसले फोनको सर्किटमा घाटा हुन्छ । फोन पुरै नसुकेसम्म हेडफोन, युएसवी पोर्ट र चार्जर जस्ता उपकरण पनि प्रयोग गर्नु हुँदैन ।

Mobile Prabidhi Technology Water

विशेष