खेल

प्रधानमन्त्रीको टिम पराजित, पेनाल्टीमा चुके

प्रधानमन्त्रीको टिम पराजित, पेनाल्टीमा चुके

काठमाडौं, जेठ १६ गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्री र मुख्य सचिव बीच आयोजित मैत्रीपूर्ण फुटबल खेलमा मुख्य सचिवको टिम विजयी भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मुख्य–सचिव टिमले प्रधानमन्त्री टिमलाई ३–२ गोलले हरायो । निर्धारित ६० मिनेटको खेलमा मुख्य–सचिवको तर्फबाट सिचाईं मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायले २ गरे । त्यस्तै लोक सेवा आयोगका  सचिव माधव रेग्मीले १ गोल गरे । प्रधानमन्त्रीको टोलीबाट कानून मन्त्री अग्नि खरेल १ गोल र श्रम तथा रोजगार मन्त्री दीपक बोहराले १ गोल गरे। प्रधानमन्त्रीको टिमले एउटा पेनाल्टी पाए । त्यो पेनाल्टी प्रधानमन्त्री ओलीले प्रहार गरे पनि उनले हानेकाे पेनाल्टी गोल हुनबाट चुक्याे।

football KP Sharma Oli minister Nepali Politics

विशेष