
अखिल नेपाल फुटबल संघ, एन्फाले बंगबन्धु गोल्डकप फुटबल र बाह्रौं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्न सफल नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीहरुलाई जनही दश लाख रुपैयां प्रदान गरेको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीहरुलाई नगद पुरस्कार प्रदान गर्नु भयो । बाह्रौं साग र बंगबन्धु गोल्डकप गरी दुवै टिममा सहभागी खेलाडीलाई दश लाख रुपैयां प्रदान गरिएको हो । कुनै एक प्रतियोगितामा मात्रै सहभागी खेलाडीले भने पांच लाख रुपैया“ पाएका छन् ।

यस वर्षको वर्ष उत्कृष्ट खेलाडीको अवार्ड भने राष्ट्रिय टिमका मिडफिल्डर राजु तामाङले जितेका छन् । तामाङले अवार्डसंगै नगद पच्चीस लाख पाएका छन् । त्यसैगरी बाह्रौं दक्षिण एसियाली खेलकुदमा रजत पदक जित्न सफल महिला राष्ट्रिय फुटबल टिमका खेलाडीहरुलाई नगद १ लाख प्रदान गरिएको छ ।

कार्यक्रममा प्रधानमन्त्री ओली खेलकुदको विकासका लागि सरकारले पूर्वाधार निर्माणमा ध्यान दिएको बताउंदै थप उपलब्धी प्राप्तितर्फ अगाडि बढ्न खेलाडीहरुलाई आग्रह गर्नुभयो ।।।
Anfa