३२१ कलाकारले एउटै संगितमा स्वर दिदै
काठमाडौँ, २८ वैशाख एउटै सङ्गीतमा ३२१ कलाकारले स्वर दिने भएका छन् । मुलुकमा पछिल्लोपटक बिग्रँदै गएको जलवायु परिवर्तनको संरक्षण र सम्बद्र्धनका लागि एउटै सङ्गीतमा ३२१ जना कलाकारले चेतनामूलक जानकारी दिन लागेका हुन् । कलाकार निपेश ढाकाको अग्रसरतामा आगामी जेठ ६ गते ३२१ लोकप्रिय कलाकारको आवाजमा वातावरणसम्बन्धी चेतनामूलक गीत रेकर्ड गराइने भएको हो ।
ढाकाले उक्त अभियानलाई ‘गिनिज बुक अफ द वल्र्ड रेकर्डस्’मा दर्ता गरिने जानकारी दिनुभयो । उक्त सङ्गीत रेकर्डका लागि रेडियो नेपालको चारवटा स्टुडियो प्रयोग गरिने र ३३ मिनेट ४९ सेकेन्डको हुनेछ । यसलाई म्युजिक भिडियो बनाएर वातावरणसम्बन्धी चेतनामूलक अभियानका रुपमा देशभर प्रचारप्रसार गरिनेछ ।
ढाकाले दिनानुदिन मुलुकमा वातावरणीय ह्रास भइरहेको र यसले प्राकृतिक सन्तुलन, वातावरणीय सुन्दरतालगायत मानवीय जीवनमा नकारात्मक असर पु¥याएको भन्दै यस्तो अभियान सञ्चालन गरेको बताउनु भयो । उहाँले मुलुकका विभिन्न ५३ जिल्लामा गएर वातावरणबाट हुने असरका बारेमा छायाङ्कन गरी वृत्तचित्र निर्माण गरेको र वृत्तचित्र नेपाली र अङ्ग्रेजी दुवै भाषामा रहेको उल्लेख गर्नु भयो ।