
काठमाडौं जेठ २० । अखिल नेपाल फुटबल संघ, एन्फाले बर्खास्त गरिएका चार पदाधिकारीलाई पुनर्बहाली गरेको छ । विश्व फुटबल महासंघ, फिफाले दिएको निर्देशन पालना गर्दै एन्फाको आज बसेको कार्य समितिको बैठकले उपाध्यक्ष कर्मा छिरिङ शेर्पासहित चार पदाधिकारीलाई पुनर्बहाली गरेको हो ।
पुनर्बहाली हुनेमा उपाध्यक्षहरु विजयनारायण मानन्धर तथा किशोर राई र सदस्य पंकज नेम्वाङ रहेका छन् । एन्फाको बसेको बैठकले एक वर्षअघि निधन भएका कार्यबाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको मूर्ति स्थापना गर्ने निर्णयसमेत गरेको छ ।
Anfa
Nepal Football Association