खेल

स्पेनका गोल रक्षक इकर कासिलासको किर्तिमानी सफलता

स्पेनका गोल रक्षक इकर कासिलासको किर्तिमानी सफलता
जेठ २० । स्पेनका गोल रक्षक इकर कासिलास युरोपियन इतिहासमा राष्ट्रिय टोलीबाट सवैभन्दा धेरै खेल खेल्ने खेलाडी बनेका छन् । कासिलासले स्पेनको राष्ट्रिय टोलीबाट अहिलेसम्म १६७ क्याप खेलेका छन्। Ikar Kashilash बुधबार राति भएको दक्षिण कोरियासँगको मैत्रीपूर्ण खेलसँगै कासिलासले स्पेनको राष्ट्रिय टोलीबाट १६७ क्यापको इतिहास बनाएका हुन । कासिलास अहिले स्पेनको दोस्रो रोजाइका गोल रक्षक हुन । युवा गोल रक्षक डेभिड डी जियाले उनलाई पछि पार्दै पहिलो रोजाइमा आफूलाई पार्न सफल भएका छन्। ३२ वर्षीय कासिलासले राष्ट्रिय टिमबाट सन् २०१० मा विश्वकप तथा २००८ र २०१२ मा युरोकप फुटबलको उपाधि जितेका छन्। तीनवटै प्रतियोगिता स्पेनले कासिलासकै कप्तानीमा जितेको थियो। कासिलास स्पेनबाट १५, १६, १७, १८, २० र २१ वर्ष मूनिको खेल खेल्दै सन् २००० जुन ३ मा स्वीडेनविरुद्धको खेलबाट सिनियर टोलीबाट खेल्न थालेका हुन् । कासिलासले सन् २०१५ सेप्टेम्बर ५ मा युरोकप २०१६ को छनोट खेलमा स्लोभाकियालाई २–० ले पराजित गर्दाको खेलमा १०० औँ अन्तर्राष्ट्रिय खेलमा कप्तानको भूमिका निभाएका थिए ।

football Goal keeper Icer Casilac Spain

विशेष