Technology

फेसबुक एक खतरा अनेक

फेसबुक एक खतरा अनेक
विश्वभरका मानिसगँ सजिलै जोडिन फेसबुककै ठूलो देन छ । अचेल हाम्रो दैनिकी नै फेसबुक बनेकाे छ । कसले के गदैछ ? को कस्तो प्रकृतिको मान्छे हो ? कसलाई के मन पर्छ ? कस्तो स्वभावको हो ? त्यो थाहा पाउन फेसबुक टाइमलाइनमा एक नजर लगाइयो भने पनि छर्लङै हुन्छ । facebook is densours सबैले आफ्नै दैनिक रिपोर्ट फेसबुकको माध्यमवाट आफ्ना साथीहरुलाई बुझाइरहेका छन् । हाम्रो दैनिक गतिबिधीहरु अरुलाई जानकारी गराउन पाउनु खुसी कै कुरा हो तर केहि केहि विषयहरु भने फेसबुुकमा सेयर नगर्नु नै वुद्धिमानी हुनसक्छ ।  भविष्यमा हुने कामको स्टाटस नराख्ने  मेरो लागि सबैभन्दा ठूलाे काम हुदैछ । म जसरी पनि गरेरै देखाइदिनेछु जस्ता विषयमा स्टाटस लेखिएकाे देखिन्छ । भोली भनेको भोली नै हो त्यो काम हुन पनि सक्छ नहुन पनि सक्छ । भविष्य कसले देखेको छ र ? काम पूर्ण भए त ठिकै हो तर यदि कसै गरी भएन भने फेसबुक साथीहरुमाझ नै नराम्राे बन्न सकिन्छ। साथीहरुले भने ठूला कुरा गरेर काम चै गर्न नसकेको भन्ने वुझ्न सक्छन् र तपाईलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुनसक्छ । हिस्रक फोटो र स्टाटस पोष्ट नगर्ने  रगत बगिरहेको अथवा शरीर छतविछत भएका फोटोहरु फेसबुकमा बिर्सिएर पनि पोष्ट नगर्ने । भलै कुनै एक अर्थले आफ्ना साथीहरुलाई देखाउन खाेजेकाे होला तर त्यस्ता फोटोहरुले अनर्थ लाग्न सक्छ । विहान फेसवुक खोल्नासाथ त्यस्ता रगताम्य भएका फोटोहरु देखियो भने दिनभर नै ह्याड्याक भईरहन्छ । आफ्ना साथीहरुवाटै व्वाक हुनुपर्ने सम्भावना बढेर जान्छ र त्यसले आफ्नो तौल आफै घटाउन सक्छ । फेसवुकमा गाली र आरोप नलगाउने 'कामको कहिल्य जस दिदैन', 'साला चोर जस्ता छ मेरो कम्पनी र कम्पनीका स्टाफहरु' भन्ने जस्ता स्टाटस लेखिएको देखिन्छ । आक्रोश त पोखिएला तर यस्ता खालका भनाइले अाफू कतिसम्म गिरेकाे रहेछ भन्ने प्रष्ट हुन्छ । अरुलाई चोर औलो उठाउदै गर्दा आफूतिर पनि औँला ठडिन सक्छ । त्यसैले सचेत हुन जरुरी छ । सकभर अफलाईनमै भेटेर कुराकानी गर्दा राम्रो हुन जान्छ । टाईम टु टाईम अपडेट नगर्ने तपाईको फेसवुक एकाउण्ट कुनै लाईभ न्युज साईटको होइन । “रात परिसक्यो स-परिवार नै छिमेकीको घरमा छौ । अव एक घण्टाजति यतै वस्ने कार्यक्रम छ । खाना सायद यतै खाइन्छ । “भन्दै स्टाटस अपडेट गरियाे भने  घरमा चोरले घर खालि गर्न सक्छ । याे त म अहिल्यै आउँदिन सवै सामान चोरेर लैजा भनेर चोरलाई सूचना गरेजस्तै भयो । त्यसैले “टाइम टु टाइम“ अपडेट गर्नुको ठाउँमा काम सम्पन्न भइसकेपछि मात्रै अाफ्नाे अनुभव फेसबुकको माध्यमवाट बाँड्दा राम्रो हुन्छ । व्यक्तिगत जानकारी फेसवुकमा नबाँड्ने  इमेल आइडी, सम्पर्क नम्बर , शैक्षित प्रमाणपत्रको प्रतिलिपी, बैंक खाता नम्बर , महत्वपूर्ण कागजात तथा फोटोहरु फेसबुकबाट बाड्याे भने त्यसले फाइदा कम र दुरुपयोग वढी हुने सम्भावना हुन्छ । त्यसैले व्यक्तिगत  जानकारीहरु लुकाएर राख्दा नै भलाइ हुन्छ ।

Facebook Status

विशेष