खेल

नेपालको फुटबलमा खस्कदो स्तर विश्व बरियताको १ सय ८२ स्थानमा

नेपालको फुटबलमा खस्कदो स्तर विश्व बरियताको १ सय ८२ स्थानमा
fifa काठमाडौं, जेष्ठ २१ विश्व फुटबल महासंघ फिफाले बिहिबार सार्वजनिक गरेको बरियतामा नेपाल दुई स्थान तल झर्दै १८२ औं स्थानमा पुगेको छ । फिफा बरियतामा दुई स्थान तल झरेपछि दक्षिण एशियामा भने नेपाल यसअघि रहेको चौथो स्थानमा यथावत छ । दक्षिण एसियाली मुलुकहरु भारत १६३ औं स्थानमा रहेर शीर्ष स्थानमा पुगेको छ । यसअघि दक्षिण एसियाको शीर्ष स्थानमा रहेको मल्दिभ्स सबैभन्दा धेरै १४ स्थान तल झरेर १७४ औं स्थानमा पुगेको छ । त्यस्तै बङ्गलादेश १८१ औँ, भुटान, श्रीलङ्का र पाकिस्तान क्रमसः १८८ औं, १८९औं र १९२ औं स्थानमा छन् । विश्व बरियताको शीर्ष स्थान अर्जेन्टिना, दोस्रोमा बेल्जियम यथावत छन् भने कोलम्बिया तेस्रो, जर्मनी चौथो, चिली पाचौं स्थानमा छन् ।

Fifa

विशेष