खेल

रोनाल्डो बने विश्वका नम्बर १ खेलाडी

रोनाल्डो बने विश्वका नम्बर १ खेलाडी
Ronaldo जेठ २१ । रियल मड्रिडका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो विश्वका प्रसिद्ध खेलाडी बनेका छन् । खेल वेबसाइट इसपिएनले विभिन्न खेलको १०० जना खेलाडीहरुलाई लिएर गरेको सर्वेक्षणमा रोनाल्डो शीर्ष स्थानमा रहेका छन् । त्यस्तै दोस्रो नम्बरमा अमेरिकी बास्केटबल खेलाडी लेब्रोन जेम्स परेका छन् भने रोनाल्डोका बार्सिलोनाका स्टार लियोनल मेस्सी भने तेस्रो स्थानमा रहेका छन् । सूचिको चौथो नम्बरमा ब्राजिलका नेइमार परेका छन् भने पाचौं नम्बरमा स्विजरल्याण्डका टेनिस स्टार रोजर फेडेरर परेका छन् । खेलाडीहरुले पाउने सुविधा तथा सामाजिक संजालमा फलोअर्सको संख्याका आधारमा इसपिएनले प्रत्येक वर्ष इसपिएन वल्र्ड फेम १०० सार्वजनिक गर्नेगर्छ ।

Ronaldo

विशेष