समाज

हेलो सरकारको हालत

हेलो सरकारको हालत
Hello काठमाडौं जेष्ठ २१ । हेलो सरकारले चलाएको सामाजिक सञ्जाल टविटरमा मात्रै गत २७ पुस यता १४ सय ७१ वटा गुनासोहरू आएका छन् । आम नागरिकको समस्या सुनावाइ गर्ने निकायका रूपमा स्थापना गरिएको हेलो सरकारले प्रत्येक गुनासालाई सम्बोधन गरिएको जनाउन चलानी नम्बर नै उल्लेख गरेर पत्र काटेको सार्वजनिक जानकारी दिन्छ । प्राप्त गुनासाहरूलाई हेलो सरकारको कार्यालयले चलानी नम्बरसहितको पत्र काटेर सम्बन्धित मन्त्रालयमा पठाउने गर्छ र मन्त्रालयले उक्त पत्र आफू मातहतको कार्यालयमा पठाउने गर्दछ । तर त्यस्तो पत्रहरु  सम्बन्धित निकायले खोलेर समेत हेर्दैनन् । कान्तिपुर दैनिक

Hello Sarkar

विशेष