मनोरञ्जन

कालो पोथी आजबाट प्रदर्शन

कालो पोथी आजबाट प्रदर्शन
Kalo Pothi मिन बहादुर भाम निर्देशित फिल्म कालो पोथी आज रिलिज हुने भएको छ । वेनिशा हमाल , खड्राज नेपाली र शुक्रराज रोयाको प्रमुख भुमिका रहेको उक्त फिल्म विभिन्न अन्तराष्ट्रिय फिल्म फेस्टिबलमा सहभागी तथा पुरस्कृत भएको थियो । पछिल्लो समय निकै रुचाइएको फिल्म ‘कालो पोथी’ मल्टिपल टार्गेड मानिएको छ । सिङ्गल थिएटरमा भन्दा पनि यो फिल्म हेर्ने दर्शक मल्टिप्लक्समा देखिने आशा बढि गरिएकाले क्यूएफएक्सले यो फिल्मलाइ ६ शो दिएको छ । फ्राइडे रिलिज अन्तर्गत यो हप्ता लागि छेस्को र कालो पोथी सगैँ प्रदर्शनमा आएका छन् । त्यस्तै बलिउडको प्रतिष्ठित फिल्म हाउसफुल ३ पनि प्रदर्शनमा आएको छ ।

Kalo Pothi

विशेष