खेल

एकल काँतातर्फको पहिलो उपाधि सशस्त्र प्रहरीको कव्जामा

एकल काँतातर्फको पहिलो उपाधि सशस्त्र प्रहरीको कव्जामा
जेठ - २१,  खोटाङमा जारी ‘प्रथम खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता’को महिला तथा पुरुष एकलकाँतातर्फको पहिलो उपाधि सशस्त्र प्रहरीले हात पारेको छ । 13340382_10206178871499764_853088828_o सदरमुकाम दिक्तेलको माटिकोरे खेलमैदानमा शुक्रबार आयोजित प्रतियोगीतामा पुरुष एकल काँतामा सशस्त्रका पर्शुराम बस्नेत प्रथम, आयोजकका मोतीचन्द्र राई दोश्रो, पूर्वाञ्चलका रोहित राई तेश्रो र भुटानका दिवान मगर सान्त्वना भएका छन् । यस्तै, महिला एकल काँतामा सशस्त्रकी सरिता श्रेष्ठ प्रथम, आयोजककी रोश्मा राई दोश्रो, विश्वविद्यालयका कर्मा लामा तेश्रो र भारतका निमु लाप्चा सान्त्वना भएको रेफ्री संयोजक राजेन्द्र कपालीले बताए। नेपाल सितोरियो कराते संघ खोटाङको आयोजनामा बिहिबारबाट सुरु प्रतियोगीतामा कुमितेफाइटतर्फ पुरुष ४० केजी समुहमा पूर्वाञ्चलका निश्चल खवासलाई हराउँदै आयोजकका सरोज दाहाल र भुटानका योन्टेन फुन्सु फाइनल प्रवेश गरेका छन् । ४५ केजी समुहमा भुटानका सुनाम डुन्डुपलाई हराउँदै आयोजकका सुमन राई र पूर्वाञ्चलका सुमन मगरलाई हराउँदै भुटानका कर्मा दोर्जे फाइनल पुगेका छन् । ५० केजी समुहमा आयोजकका अर्जुन श्रेष्ठलाई हराउँदै सशस्त्रका बिजय लामा र भुटानका रिञ्जेन वाङ्गेनलाई हराउँदै विश्वविद्यालयका रोहन बलामीले फाइनल यात्रा तय गरेका छन् ।  13334279_10206178871539765_916684880_o आयोजकका अनुसार ६० केजी समुहमा त्रिभुवन आर्मी क्ल्वका शनि चौंलागाई र विश्वविद्यालयका आशिष थापा, ६७ केजी समुहमा सशस्त्रका मोहन कार्की र नेपाली सेनाका गोविन्द बिसंखे, ७५ केजी समुहमा नेपाली सेनाकै सुमनकुमार कार्की र भुटानका सेरव वाङचु फाइनल पुगेका छन्  यस्तै, महिला कुमितेफाइटतर्फ ४५ केजी समुहमा नेपाली सेनाकी कुसुम खड्का र भारतका मन्दीर कार्की, ५५ केजी समुहमा सशस्त्रकी मनिषा चौधरी र आयोजककी प्रिया राई, ६८ केजी समुहमा नेपाली सेनाकी बिभुषा थापा र भारतकी निमु लाप्चाले फाइनलको यात्रा तय गरेको नेपाल सितोरियो कराते संघ खोटाङका अध्यक्ष सञ्जयकुमार राईले बताए । दिलीप खत्री

Game haleshi khotang Nepal aaja Nepal Army Nepali Kata

विशेष