ब्रम्हचार्य पाखण्डहरुको अभिव्यक्ति मात्र होः स्वामी आनन्द अरुण
यौन, स्वतन्त्रा र तपोबनका भित्री पाटा
रजनीसले सुतेको समाजलाई व्युंझाइदिए । त्यसपछि उनले नव सन्यासनको प्रचार गर्न थाले । नव सन्यास एउटा वाद हो जसले सन्यसि हुनलाई घरव्यभाहार त्याग्नु पर्ने, जोगी भएर भिक्षा माग्दै ड्निु पर्ने र ब्रमह चार्यमा जिवन बिताउनु पर्ने कुरालाई मान्दैन । ओशोमार्गीहरु परिवार र प्रेम लाई सगै बोकेर हिड्छ् ।
स्वामी आनन्द अरुणको बिचारमा यो संसारमा कुनै पनि प्राणी जिवित छ भने त्यो यौन क्रियाकलापकै फल हो । कुनै जीवन छैन जो सेक्स बिनाको होस् ।
‘यसलाई मन्दिर यस अर्थमा भन्न सकिन्छ की यो मनको देउता खुशी पार्ने र आफैंलाई पुजा गर्ने प्राकृतिक वातावरण हो ’ स्वामी आनन्द अरुणले तपोबनको वर्णन शुरु गरे । उनको बर्णनलाई साथ दिइरकेको थियो माहोलले । हरियो बनभित्र सरर्र हावा चलिरहेको थियो । ‘मर्निङ्ग फ्लाई’का लागि हतारिएका चराको चिरविर चिरविरले बन पूरै संगितमय थियो । सितल छायामा स्वामी आनन्द अरुण मन्द मुस्कानसहित स्वामी जीबन व्यहारका बारेमा प्रष्टाउंदै गए ‘ध्यानद्वारा मानिसले आफुलाई र वरिपरीको महोललाई चिन्न सक्छ, यहीं चिनाई नै मानिसको खास उर्जा हो । जब यो उर्जा प्राप्त गर्न सकिन्छ तब बिजय संभव छ । पहिले मानिसले आफुलाई जित्न सक्नुपर्छ । त्यसपछि परिवारमाथि विजय प्राप्त हुन्छ । बिस्तारै समाज अनि संसारमाथि विजय प्राप्त हुन्छ । ”
व्यक्तिले आफुलाई जित्नु अर्थात आफ्नो मनलाई कावुमा राख्नु सबैभन्दा कठीन काम हो । मानिसको दुख र दर्द आफ्नै मनका उत्पादन हुन् । मन बशमा नहुंदा यसले हैरान पार्छ । चित्त सुद्ध पारी हैरानीबाट मुक्ती पाउन मानिसहरु तपोबन जाने गर्दछन् । ‘संसारलाई परीवर्तन गर्नुछ भने सुरुवात आफै बाट गर्नु पर्छ ।’ ओशोको यो सदाकाल बचनमा मुक्तीको मन्त्र छ ।
काठमाण्डौंको नयां बसपार्क नजिकै रहेको बालाजू चोकबाट उकालो लाग्नुपर्छ तपोबनका लागि । पांच किलोमिटर पक्की बाटोको यात्रापछि आइपुग्छ तपोबन । १०० रोपनी क्षेत्रफलमा फैलिएको तपोबनमा भेटिन्छन् ओशोका शिष्य स्वामी आनन्द अरुण ।
ओशो को हुन् ?
भारतको बरेलीमा सन १९३१ डीसेम्बरमा जन्मीएका थिए ओशो । उनको पारिवारिक नाम भने चन्द्रमोहन जैन हो । उनका बावु आमाले उनलाई रजनिश भनेर बोलाउथें । उनलाई भगवान रजनीसका रुपमा पुज्नेहरु धेरै छन् । उनी सेक्स गुरुका रुपमा पनि चिनिन्छन् । भगवान रजनीसले भारतभर यौन र प्रेमका बारेमा पृथक प्रवचन दिए । उनले सामाजिकरुपमा बर्जितजस्तै रहेका यि दुई चिज यौन र प्रेमलाई जीवनकै सुन्दर उपाहारका रुपमा व्याख्या गरे । यसलाई कहींपनि बन्धनमा राख्नु हुदैन भन्ने अभियान थाले । रजनीशको तर्कले देशविदेशमा तरंग पैदा गर्यो । उनी त्यसैत्यसै सेक्स गुरु कहलिए । सेक्स र समाधी उनको चर्चित पुस्तक हो ।
रजनीसले सुतेको समाजलाई व्युंझाइदिए । त्यसपछि उनले नव सन्यासनको प्रचार गर्न थाले । नव सन्यास एउटा वाद हो जसले सन्यसि हुनलाई घरव्यभाहार त्याग्नु पर्ने, जोगी भएर भिक्षा माग्दै ड्निु पर्ने र ब्रमह चार्यमा जिवन बिताउनु पर्ने कुरालाई मान्दैन । ओशोमार्गीहरु परिवार र प्रेम लाई सगै बोकेर हिड्छ् । नव सन्यासनलाई आत्मज्ञानका रुपमा धेरैले धारण गर्न थाले । नव सन्यासको विचार जीबन दर्शनमा परिणत भयो । जापान र कोरीयामा पनि यो दर्षनको व्यापक प्रचार गर्न रजनिस सफल भए भने ति बिदेशिहरुले उनलाई ओशो भनेर संवोधन गर्न थाले । कोरीयामा गुरुलाई ओशो भन्ने गरीन्छ । रजनिश भन्दा ओशो छोटो र सबैले प्रयोग गर्न सजिलो भएकाले उनले यही नामको प्रयोग गरे । उनका नाममा अनुयायीहरुले आश्रमको स्थानपना गर्न थाले । ओशोविचार जीबनपद्धती बन्यो ।
१९७४ मा भारतको पुणेमा पहिलो ओशो आश्रम खुल्यो । ओशोले बम्बैबाट पुणे बसाइसराइ गरे । ओशोको जनवरी १९९० मा पूणेमै उनको देहान्त भयो । उनको मृत्यु समाधीपछि उनका अनुयायी झन्झन् बढ्दै गए ।
कसरी भयो ओशो तपोबनको स्थापना ?
२६ बर्ष अघि स्थापना भएको हो ओशो तपोबनको । यसका संस्थापक हुन् आनन्द अरुण । ७२ बर्ष अघि जनकपुरमा जन्मिएका अरुण कुमार सिहंले थरको प्रयोग गर्दैनन् । थरले जन्म र जात जनाउंछ । बिद्दार्थी अवस्थामा ओशोको ज्ञान लिएका उनको नामको अगाडी आनन्द ओशोले नेै थपिदीएकाृ नाम हो । ओशोमार्गीहरु थरको सटो गुरुले दिएको नाम प्रयोग गर्दछन् । यसको अथृहो ओशोमा मुनै जातभातमा बिभेद छैन् । सरकारी जागिरेका छोरा अरुणको बाल्यकाल बुबासंगै मूलतः पहाडी क्षेत्रमा बित्यो । नदीनाला र प्रकृतिसंगको सहबासले अरुणलाई संगितप्रेमी बनाइदियो । हुनेखाने जागिरे बाउको छोरा अरुणलाई संगितकार हुने धोको थियो, परिवारको प्रतिष्ठाकै लागि उनी इन्जिनियर बन्नुपर्ने भयो । बिद्यार्थी अवस्थामा तनाव, छटपटी र रोगले अरुण ग्रसित थिए । उनलाई ओशोको विचारले प्रभावित गर्दै लग्यो । अन्ततः उनी ओशोमार्गी भए । ओशोले अरुणको पेशा र आत्मज्ञानको तुलना गर्दै प्रेरणादायी सुझाव दिए, ‘घर बनाउनु भन्दा ठुलो बिकास त मानिसको मन बनाउनुमा पो छ ।’
ओशोको यो अभिव्यक्ति अरुणको जीबनमा रामबांण बन्यो । तीन दशकको ईन्जिनियरिङ करिअर छाडेर उनी ओशोका प्रचारक बने । ओशोका फुलटाइम शिष्य बन्ने उनको निर्णयले आज उनलाई हजारौंको पुज्य गुरु बनाएको छ । बिश्वका ८० भन्दा बढी देशका नागरिक उनका शिष्य छन् । ओशो तपोवनको स्थापना गरेपछि उनले यहीं ध्यान योग सिकाउन थाले ।
ध्यान योगले मानिसलाई जोगी होइन, कर्मयोगी बन्न प्रेरित गर्दछ । ध्यानयोग कर्मयोगीका लागि उपयोगी हुन्छ भन्ने सन्देश दिन अरुण सफल भएका छन् । ध्यानयोगले मानिसलाई आफ्नो लक्ष्य निर्धारण गर्न सघांउछ । ध्यानले निसाना अघीको एकाग्रता ल्याउन मद्दत गर्दछ । तनाव र नशाका कारण मानिसले संभावना देख्न सक्दैन । आफैंलाई धिक्कार्ने ठाऊंमा पुग्छ मानिस । आफैंमाथि विश्वास गुमेपछि मानिस योग्यता हुंदाहुंदैपनि अयोग्य हुन्छ । मानिसको सबैभन्दा ठूलो योग्यता हो आत्म विश्वास र आत्मसुद्धता । ध्यानयोगबाट एकाग्रता, आत्मविश्वास र आत्मसुद्धी प्राप्त हुन्छ । मुक्ति अरुले दिने होईन आफै भित्रको स्वच्छन्द बिषय हो । यसका लागि आफैं अभियानकर्ता बन्न जरुरी छ । यहीं सन्देश प्रवाह हुन्छ तपोबनमा ।
भगवानको भक्तीले मात्र मुक्ति नपाइने स्पष्ट विचार छ आनन्द अरुणको । जीबनको मुक्तिका लागि भौतिक सुविधाको पनि आवश्यकता पर्दछ । भरपुर जिएर आनन्दित हुन जीबन सहज र सरल हुनुपर्छ । जीबन सहज र सरल बनाउन भौतिक सुबिधाले मद्यत गर्दछ ।
तपोवनको मूल ढोकाबाट भित्र पसेपछि भित्रि सहायक बाटा छन् । बाटो किनारमा ओशोका मधुर बाणीहरु सजिएका छन् । संसारप्रति वितृष्णा राख्नेहरु ओशोको करुण बाणी पढ्दै जादा संसारलाई प्रेम गर्न थाल्छन् । मानिसको दुःखको कारण उसैको मन हो । मनलाई कावुमा राख्नेका लागि मुक्ति उसैभित्र छ । मुक्तिका लागि मन्दिर, चर्च, मज्जित, गुम्बा धाइरहनै पर्दैन । ओशो धर्मविरोधी होइनन् । सर्वधर्मी हुन् । तपोबनभित्र राखिएका गौतम बुद्ध, जिजस क्राइस्ट, लक्ष्मीमाता आदिका मूर्तीलले यहीं सन्देश दिन्छन् ।
तपोवनमा जीवन आध्यात्मिक छ, आत्मिक छ, धार्मीक छ तर धर्मका लागि उदार छ । धर्म गर्ने ठाउं होईन तपोवन । यो त आध्यात्मिक ज्ञान पाउने आत्मालय हो । धर्म त सांप्रदायीक भावना हो । धर्मले युद्ध गराउंछ तर आध्यात्मिकताले सन्तुलन पैदा गर्दछ । आनन्द अरुण भन्छन्–एक किसिमले हामी बेहोस बुद्ध जस्तै हांै । कामवसना, अहंकार र तृष्णा बोकेर सुख खोजीरहेका छौं । तर जवसम्म मनले यि तीन कुरामा कावु राख्दैन तवसम्म हामी बिउंझिदैनौ ।
सेक्स र ब्रम्हचार्य:
स्वामी आनन्द अरुणको बिचारमा यो संसारमा कुनै पनि प्राणी जिवित छ भने त्यो यौन क्रियाकलापकै फल हो । कुनै जीवन छैन जो सेक्स बिनाको होस् । मानिस त झन यसमा आशक्त नै हुन्छ । आज संसारमा सेक्सले गर्दा कति अपराध भैरहेको छ । क्रिश्चियन पादरीहरु आफुलाई ब्रम्हचारी दाबी गर्छन् । तर अमेरीकामा करिव ११ हजार पादरीमाथि साना नानीहरु बलात्कार गरेको अभियोग अदालतमा विचाराधिन छ । भारतकै बाबा आशाराम यौनकाण्डका कारण जेलजीबन बिताइरहेका छन् । पादरी र बाबाहरुले सेक्सलाई अपराध बनाए । बास्तवमा सेक्सको अनुभुति चरमानन्दको विषय हो । आनन्द अरुण भन्छन्–सभ्य यौन संबन्धले मानिसलाई चरम खुशि दिन्छ । उर्जा दिन्छ ।
के ब्रम्हचार्य सम्भव छैन ? आनन्द अरुणका शब्दमा भन्दा ब्रम्हचारी हुं भन्नु यात पाखण्ड हो यात शारिरीक अशक्तताको उपज । ब्रम्हचार्य पाखण्डीहरुको छद्म अभिव्यक्ति हो । यसले बलात्कार झन बढांउछ ।
योगिनी अरुण स्वामी:
गेरुवस्त्रधारी आनन्द अरुण स्वामी हुन् तर बह्मचारी होइनन् । तपोबनलाई तपोबन बनाउने महत्वपूर्ण कसी हुन् उनकी जीबनसंगिनी योगिनी अरुण स्वामी । योगिनीको वास्तविक नाम अनिता सिंह हो । आनन्द अरुणले नै अनितालाई योगिनी अरुण स्वामी नाम दिएका हुन् । योगिनी आफ्ना पतिलाई स्वामी र गुरुका रुपमा बुझ्दछिन् । काठमाण्डौको बानेश्वरमा जन्मिएर दार्जीलीङ्गको सुन्दर आवादीमा हुर्किएकी योगीनी लेखकपनि हुन् । स्वामी आनन्द अरुणको पहिलो बिवाह असफल भएपछि उनले अनितासंग विवाह गरेका थिए । यि दुवैको भेट ओशोको शिश्यकारुपमा भारतमा भएको थियो, त्यहींबाट पिरतीको मुना पलायो । पछि सन् १९८६ मा उनिहरुको आत्मिक बिवाह भएको हो । स्वामीजीका हरेक क्रियाकलाप र कयाम्पमा उनी सधैं सरिक हुने गर्छिन् ।
तपोवनमा जीवन:
तपोबनको जीबन शान्तिपूर्ण छ । प्रकृतिपूर्ण छ । आध्यात्मपूर्ण छ । नैतिकवान छ । त्यसैले तपोबनमा समय बिताउनका लागि मानिसहरु देशविदेशबाट धाएर आउने गर्दछन् । यहां स्वतन्त्रता छ । ३ वर्षदेखि तपोबनमा प्रकाशनको जिम्मेवारी सम्हालिरहेका छन् स्वामी आनन्द शुभम । उनी काठमाडौं पोष्ट अंग्रेजी दैनिकमा काम गर्थे । स्वामी आनन्द अरुणको सम्र्पकमा आएपछि उनी अनुयायी भए । अहिले उनी तपोबनमै बस्छन् । उनले जीबनको बास्तविक स्वतन्त्रता तपोबनमा भेटेका छन् । भन्छन्–यहां स्वतन्त्रता छ । बिवाह नगरेपनि म मेरी पार्टनरसंग इज्जतसंग बसेको छु । हामीले सामाजिक रुपमा बिवाह गरेका छैनौ तर हाम्रो मिलन आत्मिक छ ।” उनले तपोवनकै मुदीता बोधीसंग आध्यात्मिक बिवाह गरेका हुन् । मन मिलेका ओशोमार्गी जोडीबिच गुरुको उपस्थितिमा एक अर्कालाई बरमाला पहिराइ तपोवनमा गरीने बिवाह आध्यात्मिक बिवाह हो । बिना बाजा गाजा बिना जन्ति भोज हुने आत्मिक विवाहमा तडकभडक हुंदैन ।
भारतिय मुलका अमेरिकी नागरिक रुपेश रावल ३ महिनादेखि स्वामीजीकै ध्यान शिविरहरुमा संगित सृजना गर्न व्यस्त छन् । गत मार्चमा नेपाली मासंग आध्यात्मिक बिवाह गरेपछि तपोबनसंगको उनको नाता झनै बढेको छ । रावल भन्छन्–तपोबन स्वर्ग हो ।
तपोबनमा जोपनि ।
तपोबनमा जोपनि जानसक्छ । बस्नसक्छ । संसारका शक्तिशाली, बलशाली, धनशालीदेखि घरबारविहीनसम्मको साझा चौतारी हो तपोबन । फागुन अन्तिम साता काठमाडौं आएका भारत बिहारका मुख्यमन्त्री नितिशकुमारले तपोबनमै रात बिताएर यहांको महत्व दर्शाइसकेका छन् ।
तपोवनमा ध्यान सिक्नेका लागि खान र बस्नको सुविधा छ । खानबस्नका लागि नेपालीले प्रतिदिन रु ८०० र विदेशीले प्रतिदिन रु २२ डलर तिर्नुपर्छ
प्रस्तुतिः मञ्जु मिश्र
[embed][/embed]
[embed][/embed]
osho
swami anand arun
tapoban