अम्बरकाे स्वास्थ्य अवस्था बुझ्न कांग्रेस नेता केसी ग्रान्डीमा
जेठ - २२, कांग्रेसका केन्द्रीय नेता अर्जुन नरसिह केसी वरिष्ट संगीतकार तथा गीतकार अम्बर गुरुङकाे स्वास्थ्य अवस्था बुझ्न धापासीस्थित ग्रान्डी अस्पतालमा पुगेका छन् ।
अम्बरकाे स्वास्थ्य अवस्था बुझ्न केसी आइसियुमा पुगेका थिए । उनले शुभकामना रजिस्टरमा 'वरिष्ठ संगीतकार अम्बर गुरुङ अस्वस्थ हुनुभएको जानकारीबाट म अत्यन्त चिन्तीत छु । राष्ट्रका अमूल्य निधि अम्बरको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।' लेखी हस्ताक्षर समेत गरे।
उनका साथमा श्रीमती प्रतिमा केसी, कृष्ण न्यौपाने, पत्रकार तथा लेखक चन्द्रमणी गौतमले पनि अम्बरकाे परिवारलाई भेटी उनको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेकाे रघु थापाले बताएका छन् । त्यस्तै वरिष्ठ साहित्यकार सरुभक्त पनि अम्बरकाे स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका थिए ।
aambar gurung
Grandee Hospital