मनोरञ्जन

पाइरेसीकाे अाराेपमा नायक भुवन केसीले पक्राए दुई युवक

पाइरेसीकाे अाराेपमा नायक भुवन केसीले पक्राए दुई युवक

नायक भुवन केसीको चलचित्र ‘ड्रिम्स’ युट्युवमा राख्न सम्झौता गरेको कम्पनी हाईलाइट्स नेपाल प्रालिबाटै पाइरेसी भएपछि पाइरेसी गर्ने २ जना पक्राउ परेका छन् ।

 

ईलाइट्स नेपाल प्रालिका कर्मचारी बिधान गुरुङ र पूर्व कर्मचारी चन्द्र नवजुलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । नायक केसीले हाइलाइट्स नेपाल प्रालिसँग फिल्म युट्युवमा राख्नका लागि सम्झौता गरेका थिए । तर हाइलाइट्स नेपाल प्रालिबाट सार्वजनिक हुनु पहिले नै युट्युवमा आएपछि नायक केसीले प्रहरीमा उजुरी गरेका थिए । उजुरीपछि महानगरीय अपराध महाशाखाले उनीहरुलाई पक्राउ गरेको हो ।

 

करिब एक साता लामो अनुसन्धानपछि महाशाखाले पाइरेसी गर्नेलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार गुरुङले उक्त फिल्म नवजुलाई दिएका थिए । नवजुले युट्युवमा फिल्म अपलोड गरेका हुन् । युट्युवबाट पैसा आउने भएकाले उनीहरुले त्यसरी गोप्य रुपमा फिल्म सार्वजनिक गरेको खुलेको छ । पक्राउ परेकालाई प्रहरीले प्रतिलिपि अधिकार संरक्षण ऐनअनुसार कारबाही गर्ने भएको छ । जसअनुसार ६ महिनासम्म कैद तथा एक लाख रुपैयाँसम्म जरिवाना हुन्छ । साथै पीडितको मागअनुार क्षतीपुर्ती समेत दिर्नुपर्ने प्रावधान छ । नायक केसीले एक करोड रुपैयाँ आफुहरुलाई घाटा भएको दाबी गरेका छन् ।

bhuwan kc Dream Movie Piracy

विशेष