खेल

अन्तर्राष्ट्रिय करातेको उपाधि सशस्त्रको पोल्टामा

अन्तर्राष्ट्रिय करातेको उपाधि सशस्त्रको पोल्टामा
जेठ–२२, खोटाङमा आयोजित ‘प्रथम खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता’को पहिलो उपाधि सशस्त्र प्रहरीले जितेको छ । [caption id="attachment_4390" align="alignnone" width="2048"]Karate Game in Khotang Win Nepal Army दिक्तेलमा आयोजित कराते प्रतियोगीतामा प्रथम पुरस्कार थाप्दै सशस्त्र प्रहरीका टिम । तस्बिर ः दिलीप खत्री[/caption]   नेपाल सितोरियो कराते संघ खोटाङको आयोजनामा माटिकोरे खेल मैदानमा आयोजना गरिएको प्रतियोगीतामा ७ स्वर्ण र २ रजत सहित सशस्त्रले प्रथम स्थान प्राप्त गरेको हो । यस्तै, ४ स्वर्ण, २ रजत र ३ कास्यसहित त्रिभुवन आर्मी क्लव दोश्रो भए भने ३ स्वर्ण र ११ कास्य सहित भूटान तेश्रो भएका छन् । बिहिबार सांसद सरस्वती बजीमयले उद्घाटन गरेको प्रतियोगीता शनिबार सम्पन्न भएको हो । प्रतियोगीतामा भारत, भूटान, नेपाली सेना, शसस्त्र प्रहरी, पाँच बिकास क्षेत्र, बिश्वबिद्यालय, गोजोरियो र आयोजक सहित १२ टिमले प्रतिष्पर्धा गरेको आयोजक नेपाल सितोरियो कराते संघका अध्यक्ष सञ्जयकुमार राईले बताए । प्रतिष्पर्धामा प्रथम, दोश्रो र तेश्रो हुने समूहले क्रमशः ५० हजार, ३० हजार, २० हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । बिजयी टिमलाई नेपाल सितोरियो कराते महासंघका अध्यक्ष धावा गुरुङले पुरस्कार हस्तान्तरण गरे ।

Game Karate khotang Nepal Armed Force

विशेष