खेल

क्रोएसियाले सान मारिनोलाई १०–० गोल अन्तरले हरायो

क्रोएसियाले सान मारिनोलाई १०–० गोल अन्तरले हरायो
Cra जेठ २३ ।  युरोकप फुटबलको तयारीमा रहेको क्रोएसियाले मैत्रीपूर्ण फुटबलमा सान मारिनोलाई १०–० ले हरायो । एकतर्फी नियन्त्रण रहेको खेलमा क्रोएसियाको जितका लागि मारियो मान्जुकी र निकोला कालिनिकले ह्याट्रिक गरे । crosiya घरेलु मैदानमा भएको खेलमा क्रोएसियालाई जिताउन मान्जुकीले २३, ३६ र ३८ तथा कालिनिकले ५९, ७३ र ८४ मिनेटमा गोल गरी ह्याट्रिक पूरा गरे । यस्तै इभान रेकिटिक, इभान पेरिसिक, डारिजो सर्ना र मार्को पजाकाले एक एक गोल गरे । समूह डीमा रहेको क्रोएसियाले आगामी जेठ ३० गते पेरिसमा टर्कीसँग खेल्ने छ ।

football

विशेष