
जेठ २३ । कोपा अमेरिका फुटबलको समूह चरणको आफ्नो पहिलो खेलमा कोस्टारिका र पाराग्वे बराबरीमा रोकिएका छन् । आइतबार विहान भएको खेलमा कोस्टारिकाले पाराग्वेलाई गोलरहित बराबरीमा रोकेको हो । समूह एमा रहेको पाराग्वेले गोल गर्ने केही राम्रो अवसर सृजना गरेपनि गोल गर्न भने सकेन ।

खेलको अतिरिक्त समयमा कोस्टारिकाका केन्डल वास्टन रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित भएको थियो । बराबरी खेलेका दुबैले समान एक एक अंक बांडे ।
Copa America
Football Nepal