खेल

आरसीटी क्लबले स्थापना गर्यो संग्राहलय

आरसीटी क्लबले स्थापना गर्यो संग्राहलय

Rct काठमाडौं, जेठ २३ । फुटबलमा आठ दशकभन्दा लामो इतिहास बोकेको अन्नपूर्ण आरसिटी क्लबले फुटबललगायत खेलमा प्राप्त गरेको उपाधि, पदक ट्रफीलाई संग्रालयलमा राखेर सार्वजनिक गरेको छ । क्लबको असन कमलाक्षीमा रहेको भवनको एउटा कोठामा अहिले संग्रालय स्थापना गरिएको छ । संग्रालयमा सहिद स्मारक लिगगको ट्रफी, शुभजन्मोत्सव कप, राष्ट्रिय लिग ट्रफी, रामजानकी कप, महेन्द्र गोल्डकप, पासाङल्हामु ट्रफी, महेन्द्र गोल्डप, रुपक स्मृति अन्तर्राष्ट्रिय ट्रफीसहित दर्जनैं पदक, क्लबले समय समयमा प्रयोग गरेका जर्सी राखिएको छ ।

आरसिटीको स्थापना १९८९ मा भएको थियो । १९९० को महाभूकम्पको एक बर्ष अगाडी सञ्चालित क्लबको छोटो नाम आरसिटी नै बढी लोकप्रिय रहँदै आएको छ । अहिले यो टिम ए डिभिजनबाट घटुवा भएर बी डिभिजन झरेको छ ।

Fooot ball nepal Nepali Football Club

विशेष