मनोरञ्जन

अनमाेल केसी सर्वाधिक पारिश्रमिक लिने नायक

अनमाेल केसी सर्वाधिक पारिश्रमिक लिने नायक

 जेठ - ३०, उदयमान नायक अनमाेल केसी सर्वाधिक पारिश्रमिक लिने नायक हुने भएका छन् । नायक केसीलार्इ २० लाख पारिश्रमिक दिएर चलचित्र बनाउन निर्माता-निर्देशक तयार भएकाे बताइएकाे छ ।

 

नायक भुवन केसीकाे ब्यानर 'द सुपर काजाेल'ले ४० प्रतिशत लगानी गर्न लागेकाे चलचित्र 'केसर' नाम राखिएकाे छ । बेलायत र नेपालमा छायांकन हुने चलचित्र सुरेन्द्र पौडेलले निर्देशन गर्नेछन् । निर्माता सुवास गिरीको यसमा लगानी रहनेछ । अहिलेसम्म निर्माणपक्षले यसमा कुनै मुख खोलेको छैन । निर्माता गिरी नेपालबाहिर रहेकाले पनि अनमोलसँग संझौता हुन बाँकी रहेको हो। उनले अभिनय गरेको होम प्रोडक्शन चलचित्र ‘ड्रिम्स’ले नेपालबाट मात्र २ करोडको शेयर दिएको थियो । यसै पनि अनमोल र उनका पिता भूवन केसी महंगो पारिश्रमिक र शेयर विना चलचित्रमा संझौता गर्दैनन् । अनमोलको करिअरमा भूवनको प्रत्यक्ष हस्तक्षेप छ ।

 

शेयर नपाएका कारण अनमोलले केही चलचित्र छाडेका पनि छन् । केही महिना अगाडि एक चलचित्रको पत्रकार सम्मेलनमा नायक निखिल उप्रेतीले एउटा चलचित्रबाट २० लाख पाएको खण्डमा बर्षमा २ वटा मात्र चलचित्र गर्ने बताएका थिए । तर, निखिललाई २० लाख दिन अझै कोही निर्माता तयार भएका छैनन् ।

Anmol KC nepali actor

विशेष