खेल

नेपाललाई आइसीसीको पत्रः नेदरल्याण्डसँग खेल्न तयार रहनु

नेपाललाई आइसीसीको पत्रः नेदरल्याण्डसँग खेल्न तयार रहनु
जेठ-२४, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई युरोप भ्रमणको तयारी थाल्न पत्र पठाएको छ।आइसिसीले विश्व क्रिकेट लिग च्याम्पियनपसिप अन्तर्गत नेदरल्याण्डसँग हुने खेलको तयारी थाल्न निलम्बित क्यानकी कार्यकारी अधिकृत भावना घिमिरेलाई निर्देशन दिएको हो। ICC आइसिसीका ग्लोबल डेभलोपमेन्ट म्यानेजर टिम एण्डरसनले क्रिकेट संघको निर्वाचित समिति, तदर्थ समिति र राष्ट्रिय खेलकुद परिषद् राखेपलाई पठाएको पत्रमा नेदरल्याण्डसँगको खेलका लागि स्थानीय स्तरमा समन्वय गर्ने जिम्मेवारी आफूलाई दिएको घिमिरेले सेतोपाटीलाई बताइन्। आईसीसीले खेलाडी छनोटको जिम्मा कप्तान पारस खड्का र प्रशिक्षक जगत टमाटालाई दिएको छ । भारतका पूर्व खेलाडी राजु बैंकटपति सल्लाहकारको भूमिका रहने छन् । यसअघि काठमाडौंमा भएको नामिबियासँगको खेलमा पनि आईसीसीले यही प्रक्रिया अपनाएको थियो । विश्व क्रिकेट लिग च्याम्पियनपसिप अन्तरगत नेपालले साउन २९ र ३१ गते नेदरल्याण्डसँग उसकै घरेलु मैदानमा खेल्नेछ।

cricket Nepal ICC

विशेष