खेल

युरोकप कहिले र कहां हुदैछ

युरोकप कहिले र कहां हुदैछ

Uefa-euro-2016-logo-2 काठमाडौं जेठ २५ । मिनि विश्वकपको रुपमा लिइने युरोकप फुटबल प्रतियोगिता आगामी शुक्रबारबाट फ्रान्समा सुरु हुंदै छ । आयोजक फ्रान्स र रोमानियाबीचको प्रतिस्पर्धासंगै युरोकप भिडन्त सुरु हुने छ । समूह ए मा फ्रान्स र रोमानियासंगै अल्बानिया र स्वीट्जरल्याण्ड छन् । यसअघि सन् १९८४ मा आफैले आयोजना गर्दा फ्रान्सले उपाधि जितेको थियो । पल पोग्बा, ओलिभर जिरु, एन्टोनी ग्रिजम्यान, एन्थोनी र्मासियल जस्ता खेलाडीका कारण फ्रान्स बलियो स्थितिमा छ । समूह बी मा इङ्ल्याण्ड, रसिया, वेल्स र स्लोभाकिया छन् । फुटबलमा एकछत्र राज गरिरहेको इङ्ल्याण्ड यसपटक युवा खेलाडीहरुसहित मैदानमा उत्रनेछ ।

यो सिजनमा लिग फुटबलमा सर्वाधिक रुचाइएका लेइस्टर सिटीका जेमी भार्डी र टोटेनहामका ह्यारी केन इङ्याल्याण्डको नयां आशा हुन् । यता, रियल मड्रिडलाई च्याम्पियन्स लिग जिताउन ठूलो भूमिका खेलेका ग्यारेथ बेलको टिम वेल्स पनि यो समूहको प्रतिस्पर्धी मानिएको छ । समूह सी मा विश्वविजेता जर्मनीसंगै युक्रेन, पोल्याण्ड र नर्दन आयरल्याण्ड छन् । छनौट चरणमा त्यति उत्कृष्ट प्रदर्शन नदेखाएको जर्मनीले पछिल्लो समय भएका मैत्रिपूर्ण खेलहरुमा पनि उत्कृष्ट प्रदर्शन देखाउन सकेको छैन । तर, जर्मनीलाई सामान्य रुपमा भने लिन सकिन्न । समूह डी मा डिफेन्डिङ च्याम्पियन स्पेनसंगै चेक रिपब्लिक, टर्की र क्रोयसिया छन् । सन् २०१४ को विश्वकपमा फितलो प्रदर्शन देखाएको स्पेन यो समूहबाट दाबेदार मानिन्छ ।

युरोपियन फुटबलमा राम्रो इतिहास बोकेको चेक रिपब्लिक पनि यसै समूहबाट नकआउटको लागि प्रयासरत रहनेछ । अघिल्लो सस्ंकरणको फाइनलिस्ट इटाली, उपाधि दाबेदार मानिएको बेल्जियम, स्वीडेन र रिपब्लिक अफ आयरल्याण्ड रहेको समूह ई मा कडा प्रतिस्पर्धा हुने देखिन्छ । समूह विजेताका रुपमा छनौट भएका बेल्जियम र इटाली दुवै यसपटकका उपाधि दाबेदार टिम हुन् । यता, लिग फुटबलमा सर्वाधिक सफल रहेका ज्लाटान इब्राहिमाबिचको टिम स्वीडेन पनि यही समूहको प्रतिस्पर्धात्मक टिम मानिएको छ ।

रियल मड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोको देश पोर्चुगल, आइसल्याण्ड, अष्ट्रिया, हंगेरीसंगै समूह ई मा छ । क्रिस्टीयानो रोनाल्डो पोर्चुगलको लागि यसपटक उपाधि दिलाउने प्रयासमा रहनेछन् । युरोपेली फुटबलमा शक्तिशाली मानिएको नेदरल्याण्ड्स भने यसपटक छनाैट भएको छैन ।

Uro Cup 2016

विशेष