खेल

अर्जेन्टिनाले चीलीलाई हरायो

अर्जेन्टिनाले चीलीलाई हरायो

D mariya २५ जेठ । अमेरिकामा जारी कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले विजयी सुरुवात गरेको छ । मंगलबार बिहान भएको समूह डीको खेलमा अर्जेन्टिनाले डिफेन्डिङ च्याम्पियन चिलीलाई २–१ ले हरायो । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा ५१ औं मिनेटमा डि मारियाले गोल गर्दै सुरुवाति अग्रता दिलाए । त्यसको ८ मिनेट पछि नै बेनेगाले अग्रता दोब्बर पारे ।

1

चिलीका लागि इन्जुरी समयमा होसेफ पेड्रोले एक गोल फर्काए । बलमा नियन्त्रण चिलीले बढी लिएको भएपनि गोल गर्ने केही राम्रा अवसर गुमायो । कप्तान लियोनल मेस्सी बिना मैदान उत्रिएको अर्जेन्टिनाले आफुले गत वर्षको फाइनलमा चिलीसँगको हारको बदला लिएको हो । अर्जेन्टिनाले अहिलेसम्म १४ पटक कोपा अमेरिकाको उपाधि जितेको छ ।

Copa America

विशेष