साउदी अरबले रेमिट्यान्समा छ प्रतिशत कर लगाउने

जेठ-२४, साउदी अरेबियाले अाप्रबासी कामदारले कमाएर स्वदेश पाठउने रकममा ६ प्रतिशत कर लगाउने भएकाे छ । उक्त प्रस्तावलााई त्यहाँको सुरा काउन्सीलले सहि ठहर गरेको हाे ।
सो प्रस्ताव पारित भएमा साउदी अरबमा कार्यरत लाखौं आप्रवासी कामदार प्रभावित हुनेछन् । सुरा काउन्सील साउदी अरबमा संसद जस्तै उच्च स्तरकाे निकाय हाे । नयाँ प्रावधानले नयाँ कामदारले देश बाहिर पठाउने रकम कम हुने भन्दै सरकारले आम्दानी समेत बढाउने उनले तर्क गरेका छन् । उक्त नियम सबै मनी ट्रान्सफर कम्पनी, बैंक तथा वित्तिय संस्थाहरुले लागू गर्नेछन् ।
यसैगरी एकै समयमा आप्रवासी कामदारले देश बाहिर पठाउन पाउने रकम र साउदी अरब छोड्ने समयमा उनीहरुले पठाउने रकमको समेत सीमा तोकिने जनाइएको छ । साउदी अरबमा बढ्दो आप्रवासी कामदारको संख्यासँगै त्यहाँबाट विदेशीने रकम पनि बर्षेनी बढ्दै गएको छ ।
Baideshik Rojgar
saudi
