स्वास्थ्य

क्यान्सर पत्ता लगाउने मेसिन नेपालमा

क्यान्सर पत्ता लगाउने मेसिन नेपालमा

Preston काठमाडाै‌ जेठ २६ । नेपालमै पहिलो पटक क्यान्सर रोग पत्ता लगाउने मेसिन पोजिट्रन इमिसन टोमोग्राफी अर्थात पेट सिटी स्क्यान मेसिन भित्रिएको छ । काठमाडौंको लाजिम्पाटस्थित सौर्य डाइनोस्टिकले मंगलबार क्यान्सर रोग पत्ता लगाउने मेसिन पेट सिटी स्क्यान सञ्चालनमा ल्याएको छ । यो मेसिन प्रयोगमा आएपछि मानिसमा क्यान्सर भए नभएको बारे जानकारी पाउनकै लागि भारत लगायत अन्य मुलुकमा जानु पर्ने बाध्यताको अन्त्य भएको छ । यो मेसिनबाट क्यान्सर कहांसम्म फैलिएको छ र कति प्रभावित गरेको छ भन्ने स्पष्ट हुने डाक्टर किर्ताञ्जली कोइरालाले जानकारी दिनुभयो । नेपालमा बर्सेनी ३० देखि ४० हजार क्यान्सरका नयां बिरामी थपिने गरेको र ती मध्ये करिब वार्षिक रुपमा १५ हजार मानिस भारतमा जचांउन जाने गरेका छन् ।

Cancer

विशेष