कोपा अमेरिकाकप फुटबलमा ब्राजिलको पहिलो जीत

जेष्ठ २७ । अमेरिकामा जारी कोपा अमेरिका फुटबल प्रतियोगितामा बिहिबार बिहान भएको खेलमा ब्राजिलले हैटीलाई ७–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जीत हासिल गरेको छ । फिलिप कन्टिन्होले खेलमा ह्याट्रिक गरेका थिए । उनले खेलको १४, २९ र ९० औ मिनेटमा गोल गर्दै प्रतियोगिताको पहिलो ह्याट्रिक पुरा गरेका छन् । ब्राजिलका लागि रेनाटो अगस्टो ३५ औ मिनेट र ८६ औ मिनेटमा २ गोल गरका थिए भने ग्यब्रिअलले ५९ औ मिनेटमा र लुकास लिमाले ६७ औ मिनेटमा गोल गरेका थिए ।
हैटीका लागि खेलको ७० औ मिनेटमा मार्सेलीले गोल गरेका थिए । पहिलो खेलमा बराबरी खेलेको ब्राजिल यो जीतसंगै ग्रुप बि ४ अंक सहित पहिलो स्थानमा पुगेको छ भने हैटी आफ्ना दुवै खेलमा हार व्यहोरेको छ ।
Copa America