समाज

विप्लवमाथि गालीको बर्षा

विप्लवमाथि गालीको बर्षा

Netra-Bikram-Chand-Biplav

नेपाल बन्द गरेसंगै नेकपा माओवादीका महासचिव विप्लवमाथि गालीको बर्षा शुरु भएको छ । युद्धको पूर्वअभ्यासमा विप्लव शीर्षकको नेपालआजमा प्रकाशित समाचारमा प्राप्त प्रतिक्रिया निकै आक्रमक छन् । राजनीतिक समीक्षक हरि अधिकारीले विप्लवलाई विचराको संज्ञा दिएका छन् । अधिकारी भन्छन्, ‘विचरा विप्लब गाउंबाट शहर घेर्दै केन्द्रीय सत्ता कब्जा गर्छु भनी प्रचण्ड बाबुरामको पछि लागेर दुईचार जना दाजुभाइको सफाया गरेका थिए, अहिले आएर निमुखा खरदार सुब्बालाई कालोमोसो दलेर र गरीबहरूको रोजीरोटी खोस्ने बन्द कार्यक्रमका भरमा राजनीतिमा प्रासंगिक छु भन्ठान्दै छन् ।’Capture

 बन्दको बिरोध गर्दै पूर्वसभासद् शान्ता चौधरीले कडा टिप्पणी लेखेकी छन् । भुकम्प र नाकावन्दीले थिलोथिलो भएको जनजीवन झन् बिगार्न खोजिएको उनको आरोप छ । उनले बन्दलाई सधैंबन्द गर्न आग्रह गरेकी छन् ।

Santa विप्लव माओवादीले गलत निशाना लगाएको भनि थुप्रै प्रतिक्रिया प्राप्त भएका छन् । क्रिस दंगाल लेख्छन्,‘ भ्रष्ट, राष्ट्रघाती र दुतावासको जुठोपुरो खाएर नेपालका विरुद्ध दलाली गर्नेहरुलाई दुई थप्पडमात्रै हानेर देखाउ तिमीलाई महान भनौंला । बन्दबाहेक तिम्रो शब्दकोषमा केही छैन ।’ लोकराज पौडेलको टिप्पणी छोटो छ । उनी भन्छन्, बिनासकाले बिपरित बुद्धि ।

पुर्ननिर्माण प्राधिकरणका उपसचिव भिष्मकुमार भुसालले मर्मस्पर्शी अनुभव लेखेका छन् । उनले यातायात नपाउंदा आफु कार्यालय जान असम्भव भएको र हिडेर जान स्वास्थ्यले साथ नदिएको सन्र्दभ उल्लेख गरेका छन् । आफु कार्यालय जान नपाउंदा मर्का भुकम्प पीडितलाई कसरी पर्छ र यसबाट विप्लव माओवादीलाई के फाइदा हुन्छ भनि उनले कडा प्रश्न गरेका छन् ।

Hari Adhikari

5

राम पी राईको प्रतिक्रियामा बिप्लव राष्ट्रियताको मुद्धामा किन मौन भन्ने प्रश्न छ । दक्षिण र उत्तरबाट मुलुक अफ्ठयारोमा परेको बेला र सीमा मिचिएको बेला कमरेडले केही नगर्ने ? बुझ पचाएको हो कि नजानेको भनेर उनले व्यंग्य गरेका छन् ।

विप्लव माओवादीको सम्भावित युद्ध घोषणा र बिहीबारको बन्दप्रति अधिकांश मानिस आक्रोशित देखिएका छन् । चितवनकी महेश्वरी खड्काले तातो रगत पिउंने धोको अझ पूरा नभएको भन्दै कटाक्ष गरेकी छन् । विप्लव माओवादीको बन्दलाई सामाजिक संजाल अधिकांश प्रयोग कर्ताले गरिवमाथिको राजनीतिको रुपमा अर्थाएका छन् ।

12 सिताराम थारुको बेग्लै मत छन् । उनी विप्लवको नीतिप्रति सकारात्मक देखिएका छन् । भन्छन्, ‘विभेदको अन्त्य गर्न जोखिम मोल्नै पर्छ ।’ सामाजिक संजालमा आएका प्रतिक्रियाअनुसार विप्लव माओवादीको बन्दप्रति आम मानिस सन्तुष्ट नरहेको देखिन्छ । तर, यि प्रतिक्रिया आफैंमा सम्पूर्ण समाजको अभिव्यक्ति हो भन्ने होइन । सामाजिक संजालमा पहुंच नभएका वा सामाजिक संजालमा प्रतिक्रिया जनाउन नचाहनेको संख्या धेरै छ । तर, यि प्रतिक्रिया केही होइनन् भनेर नजरअन्दाज गर्न सकिने खालका छैनन् । जनताको राय बुझ्न र मनन गर्न यस्ता प्रतिक्रियाले मद्त गर्दछ ।

Sitaram

विप्लव माओवादी के भन्छ ?

विप्लव युद्धकालमा माओवादी आधार क्षेत्रमा रहंदा प्रचण्डको सचिवालयमा थिए । प्रचण्डका प्रिय पात्र विप्लव शान्ति प्रक्रियामा आएसंगै प्रचण्डबाट टाढिए । अहिलेसम्म राज्यको कुनैपनि पदमा नरहेका व्यक्ति हुन् उनी । सांसद र मन्त्रीको सम्भावना हुंदाहुंदै उनी सो बाटोमा हिडेनन् । कार्यकर्तासंग सहज घुलमिल हुंने विप्लवको रहनसहन साधरण रहेको बताइन्छ । विप्लव भन्छन्, ‘हामी माथि धोका भएको छ । जनताका आधारभुत आवश्यकता पूरा गरिनेछ र माओवादीलाई राज्यसत्ताको बराबर अंशियार बनाइनेछ भनेर शान्ति प्रक्रिया भएको थियो । जनता र हामीमाथि धोका भएको छ ।’ एकपटक फेरी बल प्रयोग नगरी राज्यसत्ताले नसुन्ने विप्लव नेतृत्वको माओवादीको निचोड छ ।

यो पनि हेर्नुहोस 

http://nepalaaja.com/%E0%A4%AF%E0%A5%81%E0%A4%A6%E0%A5%8D%E0%A4%A7%E0%A4%95%E0%A5%8B-%E0%A4%AA%E0%A5%82%E0%A4%B0%E0%A5%8D%E0%A4%B5%E0%A4%85%E0%A4%AD%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%B8%E0%A4%AE%E0%A4%BE-%E0%A4%B5%E0%A4%BF/

BIplav nepal banda Prachanda

विशेष