स्वास्थ्य

उच्च रक्तचाप कसरी नियन्त्रण गर्ने ?

उच्च रक्तचाप कसरी नियन्त्रण गर्ने ?
  Young diabetic girl who was in the process of carrying out a sel १ रक्तचाप नियन्त्रण नभएको मानिसले रक्सी सेवन गरेमा मष्तिस्कघात हुने सम्भावना बढी हुन्छ । २ मधुमेह भएका मानिसमा उच्च रक्तचाप भएमा मुटु र मिर्गौला रोग चाँडो देखिन्छ । ३ उच्च रक्तचाप देखिने बित्तिकै औषधी सुरु गर्नु हुँदैन । ४ असर देखिएमा डाक्टरको सल्लाहअनुसार औषधी सुरु गर्नुपर्छ । ५ औषधी आफूखुसी छाड्नु हुँदैन । बीचमै छाड्दा मष्तिस्कघात र हृदयघात हुने सम्भावना बढी हुन्छ । ६ मुटुरोग विशेषज्ञको सल्लाह बिना औषधी सेवन गर्नुहुँदैन । ७ जीवनशैली परिवर्तनपछि रक्तचाप नियन्त्रणमा आएमा विशेषज्ञको निगरानीमा औषधी बन्द गर्न सकिन्छ । ८ उच्च रक्तचाप भएका महिलाले परिवार नियोजनको अस्थायी साधनमा हर्मोनल विधिको विकल्प खोज्नु पर्छ । ९ गर्भवती महिलालाई उच्च रक्तचाप देखिएमा विशेषज्ञको सल्लाह लिनुपर्छ । १० सेकन्ड्रिी हाइपरटेन्सनलार्इ २० वर्षभन्दा कम उमेरमा देखिने उच्च रक्तचापलाई  भनिन्छ । यसमा उच्च रक्तचाप हुने कारण खोजेर उपचार गरिन्छ । ११ सुन्तला, कागती, मौसम, केरा र ताजा फलफूलमा पोटासियम बढी पाइन्छ । पोटासियम बढी भएको खानेकुराले रक्तचाप घटाउछ । १२ ब्लडप्रेसर न्यून हुँदैमा डराउँनुुपर्दैन । १३ नियमित रक्तचाप जाँच गर्नुपर्छ ।  

Blood pressure

विशेष