खेल

ठगी आरोपमा आइटीएफ तेक्वान्दोका उपाध्यक्ष चेतनराज गिरी पक्राउ

ठगी आरोपमा आइटीएफ तेक्वान्दोका उपाध्यक्ष चेतनराज गिरी पक्राउ
जेठ–२७, विभिन्न मुलुकमा खेलाडी बनाएर बठाइदिन्छु भन्दै ठगी गर्ने नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आइटीएफ)का उपाध्यक्ष चेतनराज गिरी ठगी आरोपमा पक्राउ परेका छन् । arrest-handcuff नक्कली कार्ड बनाएर विदेश पठाइदिन्छु भन्दै ठगी गरेको उजुरीका आधारमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गिरीलाई पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानका लागि काठमाडौं प्रहरी परिषर पठाइएको छ । उनले म्याग्दीका टेकप्रसाद लामघाडे र दीपक सुनुवारसँग आइटीएफको कार्ड बनाएर कोरिया पठाउने भन्दै क्रमसः १ लाख र २ लाख ६० हजार नगद असुलेका थिए । भने अनुसारको काम गर्न नसकेपछि उनीहरुले नै प्रहरीलाई उजुरी गरेका थिए । यस अघि पनि झापाका राजेन्द्र दवाडीसँग पनि बेलायत पठाउन साँढे ७ लाख लिएर आइटीएफको नक्कली कार्ड बनाएर बेलायत पठाएकोमा बेलायती इमिग्रेसनले नक्कली पत्ता लगाएर एयरपोर्टबाटै फर्काइदिएको थियो । गिरी आइटीएफको अन्तर्राष्ट्रिय निर्णायक पनि हुन् । उनले न्यूजिल्याण्ड, इंग्ल्याण्ड, चीन र क्यानडामा भएको तेक्वान्दो विश्व च्याम्पियनसीपमा निर्णायकको भूमिका निर्बाह गरिसकेका छन् । उनी नेपाल रग्वी संघका महासचिव समेत हुन् ।

Chetan Raj Giri

विशेष