समाज

धुर्मुस सुन्तलीलाई सैनिक श्रीमती संघको सहयोग

धुर्मुस सुन्तलीलाई सैनिक श्रीमती संघको सहयोग

Shreemati-sangh

काठमाडौं जेठ २८ । नेपाल सैनिक श्रीमति संघले सैनिक मञ्चमा गरेको अमरपंक्षी कार्यक्रमबाट संकलन गरेको रकम भूकम्पपीडित र पूनर्निर्माणका लागि उपलब्ध गराएको छ । वालुवाटारस्थित प्रधानमन्त्री कार्यालयमा एक कार्यकमबीच सैनिक श्रीमती संघकी अध्यक्ष रीता क्षत्रीले धुर्मुस सुन्तली फाउण्डेसनलाई भूकम्प पीडित आवास व्यवस्थाको लागि भन्दै १४ लाखको चेक हस्तान्तरण गरेकी छिन् । त्यस्तै कार्यक्रममा अध्यक्ष क्षत्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई धरहरा पुनर्निर्माण सहयोगार्थ धरहरा पुनर्निर्माण कोषलाई २५ लाखको चेक हस्तान्तरण गरिन् ।

विशेष