खेल

भेनेजुएलाले उरुग्वेलाई हरायो

भेनेजुएलाले उरुग्वेलाई हरायो

Copa जेठ २८ उरुग्वेलाई हराउँदै भेनेजुएला कोपा अमेरिका फुटबलको क्वाटरफाइनल प्रवेश गरेको छ । समूह सी अन्तर्गत शुक्रबार बिहान फिलाडेल्फियामा भएको खेलमा भेनेजुएलाले उरुग्वेलाई १–० ले हराएको हो । लगातार दोस्रो हारसँगै उरुग्वे समूह चरणबाटै लगभग बाहिरिने पक्का भएको छ । पहिलो खेलमा भेनेजुएलाले जमैकालाई १–० ले हराएको थियो । अहिलेसम्म १५ पटक कोपा अमेरिकाको उपाधि जितेर सबै भन्दा सफल टिमको रुपमा रहेको उरुग्वे भने दोस्रो हारसँगै समूह चरणबाटै बाहिरिने लगभग पक्का भएको छ । दुई खेलमा दुवैमा जित हात परेको भेनेजुएला ६ अंक जोड्दै समूह सीको शीर्ष स्थानमा छ भने उरुग्वे समूहको पुछारमा छ ।

Copa America

विशेष