समाज

सरोज खनालको ठोकुवाः रामशरण महत र प्रकाशचन्द्र लोहनीसंग ग्रिनकार्ड छ

सरोज खनालको ठोकुवाः रामशरण महत र प्रकाशचन्द्र लोहनीसंग ग्रिनकार्ड छ

1555 copy

अभिनेता सरोज खनालले रामशरण महत र प्रकाशचन्द्र लोहनीसंग ग्रिनकार्ड रहेको ठोकुवा गरेका छन् । सत्र बर्ष अमेरिका बसेर फर्केका अभिनेता खनालले आफुसंगजस्तै पूर्वमन्त्री महत र लोहनीसंग ग्रीनकार्ड रहेको स्पष्ट पारे । उनले ग्रीनकार्डपनि लिने र राज्यका पदपनि ओगट्ने काम आफुबाट नहुने प्रष्टाए । कांग्रेस नेता महत र राप्रपाका नेता लोहनीजस्तै अन्य नेतासंगपनि ग्रीनकार्ड  रहेको उनको भनाइ छ । हिमालय टेलिभिजनको साप्ताहिक कार्यक्रम यक्ष प्रश्नमा कुरा गर्दै अभिनेता खनालले अरुको पनि सुनेको तर निश्चित नभइ भन्न नमिल्ने बताएका थिए ।

अमेरिकामा बसेर फर्केका दुबै नेतासंग ग्रीनकार्ड रहेको यसअघि नै चर्चामा थियो । तर, ठोकुवा नै गरेर कसैले अभिव्यक्ति दिएको थिएन । एकबर्ष अघि कांग्रेस नेतृ सुजता कोइरालाले महतलाई बिदेशीको दलालको संज्ञा दिएकी थिइन् । उनलाई पार्टीबाट निस्कासन गर्नुपर्ने, छानबिन गरी जन्मकैद दिनुपर्ने भनि कोइरालाले सार्वजनिकरुपमै बोलेकी थिइन् ।

अमेरिकामा रहेका नेपालीप्रति सरोजको असन्तुष्टि

हालै प्रेमगीत नामक चलचित्रको प्रमोसनका लागि अमेरिका गएका सरोजका लागि अमेरिका बसाइ सुखद रहेन । सत्र बर्षसम्म खाइखेलो गरेका साथीभाइ उनीसंग टाढिइसेकेका थिए । उनी बाबुराम भट्टराईको नयांशक्तिमा लागेसंगै अमेरिकामा रहेका नेपालीको ठूलो हिस्सा उनीसंग विरक्तिएको थियो । उनले अमेरिका छंदा आफुलाई राजनीतिक आंखाले हेरिएको र आफ्नो कलाकारितामाथि नजरअन्दाज गरिएको दुःखेसो गरे । टिकट किनेरपनि चलचित्र हेर्न नआएको प्रसंग झिक्दै उनले भने,‘अमेरिकामा रहेका नेपालीमा भन्दा नेपालमा रहेकासंग राजनीतिक सुझबुझ बढी छ । यहां मलाई कसैले राजनीतिकरुपमा भेदभाव गर्दैन, अमेरिकामा गरियो ।’ अमेरिकाका प्रत्येक स्टेटमा नेपाली सम्बद्ध दर्जनौ संघसंस्था रहेको र एकले अर्कोलाई पूर्वाग्रह राख्ने गरेको उनको भनाइ छ ।

अमेरिका जानु गल्ति

अमेरिकामा गएर भौतिक सन्तुष्टि प्राप्त गरेपनि मनको सन्तुष्टि गुमाएको उनले प्रष्टै गरे । सांस्कृतिक कार्यक्रममा अमेरिका जांदा लहैलहैमा ग्रिनकार्डका लिएको उनले जानकारी दिए । सो निर्णय आफ्ना लागि आत्मघाती सावित भएको उनको निचोड छ । ग्रिनकार्ड लिएर आफुले नेपालीको भावनामाथि प्रहार गरेको तथा सो कदमले आफ्नो र श्रीमती सुर्यमाला शर्माको कलाकारिता हत्या गरेको भन्दै उनी भावुक बनेका थिए ।

नयांशक्तिसंग टांढिदै

अन्तरवार्ताका क्रममा अभिनेता खनालले नयां शक्तिका संयोजक बाबुराम भट्टराईको सोचको प्रशंसा गरे । तर, उनले नयांशक्तिमा भद्रगोल रहेको र भट्टराईका सामू ठूलो चुनौति रहेको जनाए । कार्यव्यस्तताले नयांशक्तिका बैठकसमेतमा सहभागी हुंन नसकेको उल्लेख गर्दै उनले अबका ३–४ महिना पार्टी कार्यालयसमेत जान नसक्ने स्पष्ट गरे । उनले कलाकारिता र आफ्नो व्यवसाय व्यवस्थित नगरी राजनीतिक दौडधुप नगर्ने खुलस्त गरे । उनले नयांशक्तिप्रतिको बितृष्णा अन्र्तवार्ताका क्रममा पटकपटक संकेत गरेका थिए ।

सरोज खनालसंगको यक्ष प्रश्न तलको लिंकमा हेर्न सक्नुहुन्छ ।

Khanal Saroj Khanal

विशेष