एन्फाका पूर्व अध्यक्षको स्मृतिमा शालिक निर्माण

जेठ-२९, नेपाल फुटबल संघ एन्फाले आफ्ना पूर्व अध्यक्ष ललितकुष्ण श्रेष्ठको शालिक निर्माण गरेको छ ।
श्रेष्ठले नेपाली फुटबलमा पु-याएकाे भएको योगदानको कदर गर्दै एन्फाले शालिक निर्माण गरेको हो । एन्फा परिसरमा निर्माण गरिएको शालीकको एक कार्यक्रमकाबीच स्वर्गीय श्रेष्ठकी आमा नन्नु श्रेष्ठले अनावरण गरिन । श्रेष्ठको सम्झनामा आयोजना गरिएको उक्त कार्यक्रममा एन्फाका कार्यबहाक अध्यक्ष नरेन्द्र श्रेष्ठ, एन्फाका पदाधिकारीहरु, एन्फाका पुर्वअध्यक्ष तथा सभासद गणेश थापा लगायतले श्रद्धान्जली व्यक्त गरेका थिए ।
थ्रिस्टार क्लबको अध्यक्ष समेत रहनुभएका श्रेष्ठको सम्झनामा थ्रिस्टार क्लबले पनि आज स्मृति सभाको आयोजना गरेको थियो । एन्फाका तत्कालीन कार्यबहाक अध्यक्ष श्रेष्ठको गत बर्ष आजकै दिन आफ्नै घरमा करेन्ट लागेर मृत्यु भएको थियो ।
Anfa
