मनोरञ्जन

चौथो मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सकियाे

चौथो मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सकियाे
जेठ – ३०, चौथो मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सकिएको छ । human right film festival मानवअधिकार चलचित्र केन्द्रको आयोजनामा जावलाखेलस्थित स्टाफ कलेजमा तीन दिन सम्म चलेको महोत्सब आज सकिएको हो । महोत्सवमा नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, इजरायल, इरान, इराक, अष्ट्रेलिया, कम्बोडिया, अमेरिका लगायत १३ देशका ३२ चलचित्र प्रदर्शन गरिएको थियो । तीमध्ये २६ वटा चलचित्रलाई विधागत रुपमा प्रतियोगितात्मक हिसावले देखाइएको थियो । महोत्सवमा मार्सा एमरम्यान अन द ब्यांक अफ टिग्रीसमा उत्कृट निर्देशकका रुपमा पुरस्कृत भए । human right film festival 2 उत्कृट फिक्सन निर्देशनमा ‘छाया’ का निर्देशक मनोज पण्डित पुरस्कृत भए । उत्कृष्ट फिल्म विशेष ज्युरी ‘एन्ड्स अपार्टमेन्टलाई प्रदान गरियो । नेपाली कर्नरका लागि विष्णु गौतमको मिररले हात पा¥यो । उत्कृट डकुमेन्ट्री भने कविता बहाल र नन्दन सक्सेनाको क्यान्डल्स इन द विण्डलाई प्रदान गरियो ।

human rights

विशेष