क्रोएशियाले टर्कीलाई हरायो

जेठ ३० । काठमाडौं टर्कीलाई पराजित गर्दै क्रोएशियाले युरोकप फुटबलमा विजयी सूरुवात गरेको छ । क्रोयशियाले समुह चरणको आफ्नो पहिलो खेलमा टर्कीलाई १–० ले पराजित गरेको हो । स्पेनिस क्लब रियाल मड्रिडका मिडफिल्डर समेत रहेको लुका मोड्रिकले ३० यार्डबाट उत्कृष्ट भली गोल गर्दै क्रोएसियालाई महत्वपुर्ण तीन अंक दिलाए । टर्कीका ओजान टुफानले पहिलो हाफमा गरेको हेड गोलमा परिणत हुन सकेन । ।