खेल

युरोकपमा जर्मनीद्वारा युक्रेन २–०गोल अन्तरले पराजित

युरोकपमा जर्मनीद्वारा युक्रेन २–०गोल अन्तरले पराजित

ja

जेठ ३१ – विश्व विजेता जर्मनीले युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ ।जर्मनीले आइतबार राति भएको समूह सी अन्तर्गतको आफ्नो पहिलो खेलमा युक्रेनलाई २–० ले हरायो । टोनी क्रोसको उत्कृष्ट प्रदर्शन तथा खेलको सुरुवात तिरै स्कोड्रान मुस्ताफीले हेडमार्फत गोल गरेपछि जर्मनी त्यसपछि दबाबमा परेको थियो । मुस्ताफीले १९ औँ मिनेटमा गोल गर्दै जर्मनीलाई सुरुवाति अग्रता दिलाएका थिए । त्यसपछि युक्रेनका खेलाडीले जर्मनीमाथि दबाब कायम गरे ।j1

गोलरक्षक म्यानुएल नुएरले धेरै राम्रा बचाउ गरे । इन्जुरी समयमा बास्टिएन स्वान्सटाइगरले गोल गर्दै जर्मनीलाई २–० को जित दिलाए । युरोकपको पहिलो खेलमा स्वान्सटाइगर जितका लागि महत्वपूर्ण बने । जर्मनी युरोकपको सफल टिम मध्ये एक हो । उसले तीन पटक उपाधि जितेको छ । खेलमा म्यान अफ द म्याच जर्मनीका क्रोस घोषित भए ।

j2

Uro cup

विशेष