शेरबहादुर देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको जन्म १३ जुन १९४६ मा रुवाखोला असिग्राम—५ डडेल्धुरामा भएको हो । हाल उहाँ बुढानिलकण्ठ नगरपालिका भद्रकालीमा बसोबास गर्दै आउनुभएको छ । बाल्यकालदेखि नै राजनीतिक चासो राख्नुहुने देउवा पार्टी संस्थापक नेता विपी कोइरालाको राजनीतिक प्रेरणाबाट राजनीतिमा होमिनुभएको थियो । खासगरी विसं २०१७ पछिको राजनीतिक घटनाक्रमबाट सक्रिय नेपाली राजनीतिमा प्रवेश गर्नुभएको हो । प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिनुभएका देउवा नेपाल विद्यार्थी सङ्घका प्रथम सभापति हुनुहुन्थ्यो । त्रिविबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा पनि स्नातक देउवा सोही विषयमा लन्डन स्कुल अफ इकोनमिक्सका रिसर्च फेलो रहिसक्नुभएको छ । देउवा एक छोराका पिता हुनुहुन्छ ।
उहाँकी धर्मपत्नी डा आरजु पनि अहिले व्यवस्थापिका–सांसद् हुनुहुन्छ । नेता देउवा विसं २०४८, २०५१ र २०५६ का संसदीय निर्वाचनमा डडेलधुरा जिल्ला क्षेत्र नं १ बाट तथा विसं २०६४ र २०७० मा भएको संविधानसभाको निर्वाचनमा डडेलधुरा क्षेत्रं १ र कञ्चनपुर जिल्लाको क्षेत्र नं ५ बाट विजयी देउवाले गृहमन्त्री र पटक–पटक गरी तीन पटकसम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएको छ ।
Sher Bahadur Deuba