मुख्य समाचार

ओलीलाई राजा ज्ञानेन्द्रले गृहमन्त्री नबनाएर के भो र ? भाविलाई अर्कै बनाउनुरहेछ (भिडियो सहित)

ओलीलाई राजा ज्ञानेन्द्रले गृहमन्त्री नबनाएर के भो र ? भाविलाई अर्कै बनाउनुरहेछ (भिडियो सहित)
[caption id="attachment_5976" align="aligncenter" width="750"]kp sharma oli-rss फोटो: रा स स[/caption] तपाईलाई विश्वास नलाग्न सक्छ, कुनै बेला केपी शर्मा ओलीले गृहमन्त्री हुनका लागि राजनीतिक जोखिम मोल्न चाहेका थिए । राजाले सत्ता हातमा लिएपछि उनी दरबारले नियुक्त गरेको गृहमन्त्री हुन चाहेको तत्कालिन सैनिक सचिव विवेककुमार शाह बताउंछन् । त्यसो भएको भए उनको राजनीतिक यात्रा अर्कै हुने थियो । सन्दर्भ हो, राजा ज्ञानेन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्त गरेपछि गठन भएको सरकारको । ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि मन्त्रीहरुको खोजी शुरु गरे । केही मन्त्री नियुक्त गरिसकेका थिए । एमालेका स्थायी समिति सदस्य केपी ओलीका तर्फबाट दरबारमा खबर पुग्यो, ‘गृहमन्त्री दिए सरकारमा सहभागी हुने । सकभर पार्टीलाई नै मनाउने नभए आफुले भिन्दै कदम लिने ।’ ओलीको यो प्रस्ताव उच्च प्रहरी अधिकृतमार्फत दरबार पुगेको दरबारका तत्कालिन सैनिक सचिव विवेककुमार शाह बताउछन् । दरबारमा यसबारेमा विचार विमर्श भयो । दानबहादुर शाही गृहमन्त्री नियुक्त भइसकेका थिए । उनलाई हटाउन ज्ञानेन्द्र तयार भएनन् । गृहबाहेकका मन्त्रालय दिन सकिने खबर दरबारबाट आयो । त्यसपछि कुरा अघि बढेन । [embed]https://youtu.be/i4Yu_xx61Zc[/embed] पूर्वराजा ज्ञानेन्द्र शाहले दल र दलका नेतालाई अति कमजोर आंकलन गरेको यही सन्दर्भबाट पुष्टि हुन्छ । यदि ओलीलाई गृहमन्त्रालय बनाउन तत्कालिन राजा शाह तयार भएको भए परिस्थिति फरक हुन पनि सक्थ्यो भनेर चुक्चुकाउने दरबारिया धेरै छन् । अहिले ओलीको राजनीतिक आरोह देखेपछि ज्ञानेन्द्र तीनछक परेको उनी निकट स्रोतको भनाइ छ । त्यतिबेला पार्टीमा केपी ओली खाशै शक्तिशाली थिएनन् । ओलीको बोलीः गणतन्त्रको कुरा बयलगाडा चढेर अमेरिका प्रतिगमनको विरोधमा सात दल आन्दोलनमा थिए । सडकमा सबैजसो नेता देखिन्थे । ओली सायदै देखिए । उनले पार्टी बैठकमै गणतन्त्रको कुरा गर्नु बयलगाडा चढेर अमेरिका जाने सपना देख्नुजस्तै हो भनि कटाक्ष गरे । उनको सो अभिव्यक्ति एमालेवृत्तमा अझै पनि चर्चामा छ । एक वर्षअघि उनले गणतन्त्र दिवसको सन्दर्भमा दिएको एक अन्तर्वार्तामा आफ्नो अभिव्यक्ति सही भएको प्रष्टाएका थिए । उनले भने, ‘कांग्रेसबिना गणतन्त्रमा जान्छौं भनेर कुर्लनुको अर्थ थिएन । सो सन्दर्भमा गणतन्त्र ल्याउंछौं भन्नु बयलगाडामा चढेर अमेरिका पुग्छौं भनेजस्तै थियो । कांग्रेस पनि गणतन्त्रमा जाने भएपछि मात्र गणतन्त्र आएको हो । मेरो भनाइ सही थियो ।’ [embed]https://youtu.be/OURqL-yJAew[/embed] ओलीको आरोह ओली १४ बर्ष जेलनेल भोगेका नेता हुन् । माओवादीका विरुद्धमा राजनीतिकरुपमा सबैभन्दा सशक्त विरोध गर्ने नेताका रुपमा परिचित छन् ओली । राजनीतिमा उनको जबरजस्त उदय गणतन्त्र स्थापना भएपछि भएको हो । केन्द्रीय भुमिकामा उनी २०७० सालमा देखिए संसदीय दलको नेता बनेर । त्यसपछि पार्टी अध्यक्ष बने । २०७२ सालमा उनी संविधान निर्माणका नेतृत्वकर्ता भए । प्रधानमन्त्री पनि निर्वाचित भए । भाविले लेखेको अर्कै रहेछ, ज्ञानेन्द्रले गृहमन्त्रालय नदिएर के भो र ? यदि शाहले भनेजस्तै ओली दरबारले दिएको गृहमन्त्री भएको भए कंलकको टिका लगाउंथे । अहिले राष्ट्रियताको तिलक लगाएका छन् ।

bibek kumar shah KP Oli KP Sharma Oli

विशेष