खेल

युरोकप फुटबलमा इटालीले बेल्जियमलाई २–० ले हरायो, आयरल्याण्ड र स्विेडनले बराबरी खेले

युरोकप फुटबलमा इटालीले बेल्जियमलाई २–० ले हरायो, आयरल्याण्ड र स्विेडनले बराबरी खेले

Ck3ECjlW0AAUIeC जेठ ३२ – इटालीले युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ । समूह इ अन्तर्गत सोमबार राति भएको खेलमा इटालीले बेल्जियमलाई २–० ले हरायो । इटालीको जितमा इमानुएल जाकेरिनी र ग्राजियानो पेलेले एकएक गोल गरे ।

Ck3MTvGXEAA9zO0

बेजिल्यमले खेल अवधिभर बलमा बढी समय नियन्त्रण कायम गरेको थियो भने पोस्ट प्रहार पनि धेरै गरेको थियो । तर गोल गर्नबाट चुक्दा नतिजा इटालीको पक्षमा गयो । ३२ औं मिनेटमा जाकेरिनीले गोल गर्दै इटालीलाई सुरुवाति अग्रता दिलाए ।

Ck3J6nGXIAA_ItF

पहिलो हाफमा १–० ले पछि परेको बेल्जियमले गोल गर्ने केही सुन्दर मौका सृजना गरेपनि चुक्यो । इन्जुरी समयमा पेलेले गोल गर्दै इटालीलाई २–० को महत्वपूर्ण जित दिलाए । जितसँगै इटालीले तीन अंक जोडेको छ ।

Ck2Es9PWkAAQDGR

त्यस्तै सोमबार रातिनै भएको अर्को खेलमा आएरल्याण्ड र स्विडेनले १–१ गोलको बराबरी खेले ।

Uro cup

विशेष