उडता पञ्जाबलाई प्रदर्शन अनुमति

जेठ ३२ । भारतको एक अदालतले अपराधको विषयवस्तु समेटिएको बलिउड फिल्म उडता पंजाबलाई प्रदर्शन गर्न अनुमति दिएको छ । यस अघि भारतिय सेन्सर बोर्डले सो फिल्मका केही विषयमाथि आपत्ती जनाएको थियो । मुम्बइ उच्च अदालतले सोमबार फैसला सुनाउंदै सेन्सर बोर्डलाई दुई दिनभित्र ‘उडता पंजाब’ लाई नयां प्रमाणपत्र दिन आदेश दिएको छ । तर सो चलचित्रमा केही दृश्य भने निकालिने छ । अदालतले अनुमति दिएसंयो यो चलचित्र आगामी जून १७ बाट प्रदर्शनमा आउने छ ।
Balllywod film