यु १८ फुटबलमा त्रिभुवन आर्मी क्लबको बिजयी शुरुवात

जेठ - ३२, ललित स्मृति अन्डर एटिन फुटबल प्रतियोगितामा त्रिभुबन आर्मी क्लबले बिजयी शुरुवात गरेको छ ।
प्रतियोगीता अन्र्तगत आज भएको आफ्नो पहिलो खेलमा त्रिभुबन आर्मीले जावलाखेल युथ क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको हो । खेलमा अग्रता भने जावलाखेलले लिएको थियो । खेलको २५औ मिनेटमा शुसान्त चौधरीले गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए । तर खेलको ४५औ मिनेटमा आर्मीका अभिशेक रिजालले बराबरी गोल फर्काएका थिए । खेलको ८१औ मिनेटमा प्रेजन तामाङले आर्मीको लागी थप १ गोल गरेपछि खेल आर्मीले आफ्नो पक्षमा पारेको थियो ।
Football Nepal
