खेल

ब्राजिलबाट डुङ्गा बर्खास्त

ब्राजिलबाट डुङ्गा बर्खास्त

dunga_ap असार १  ।  ब्राजिलियन फुटबल संघले प्रशिक्षक डुङ्गालाई बर्खास्त गरेको छ । अमेरिकामा जारी कोपा अमेरिकामा खराब प्रदर्शन गर्दै समुह चरणबाटै बाहरिएपछि संघले डुङ्गा लगायत उनको कोचिङ स्टाफलाई बर्खास्त गरेको हो । सन् २०१४ मा ब्राजिलले घरेलु मैदानमा भएको विश्वकपमा खराब प्रदर्शन गरेपछि तत्कालिन प्रशिक्षक लुइस फिलिपे स्कोलारीको स्थानमा डुङ्गा नयाँ प्रशिक्षककमा नियुक्त भएका थिए । तर सन् १९९४ को विश्वकप विजेता टोलीका सदस्य डुङगाले ब्राजिललाई कुनै उपलब्धी दिलाउन सकेनन् ।

सन् २०१८ को विश्वकप छनोटमा समेत ब्राजिलको प्रदर्शन उत्साह जनक हुन सकेको छैन । डुङ्गाको बर्खास्तीपछि कोरिन्थियन्सका प्रशिक्षकलाई टिटेलाई ब्राजिलको सम्भावित नयाँ प्रशिक्षकको रुपमा हेरिएको छ ।

Brazil Footaball

विशेष